बुटवल । नेपालमा कोभिड– १९ को प्रभावले जनजिवन अस्तव्यस्त भईरहेको यो महामारीको विषम परिस्थितीमा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिले सम्पूर्ण पत्रकार र आम नेपाली जनसमुदायलाई सुरक्षित रहेर मात्र कार्य सम्पादमा जुट्न अपिल गरेको छ । र महासंघले विभिन्न जिल्ला शाखाहरूमा अक्सिजन र वेडसहितको आइसोलेसनको व्यवस्था गरेको पनि बताएको छ ।
नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिका महासचिव बिक्रम खड्काले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै जिल्ला शाखा कपिलवस्तु,, रोल्पा, गुल्मी, पाल्पा, अर्घाखाँची, दाङ लगायतका जिल्लाहरूमा अक्सिजन र वेडसहितको आइसोलेसनको निर्माण गरिएको बताएका छन् ।
महासचिव खड्काले विज्ञप्तिमा दोस्रो लहरको कोरोना संक्रमणबाट नेपाल पत्रकार महासघ लुम्बिनी प्रदेश अन्तर्गतका ३८ जना पत्रकारहरु संक्रमित भएको जसमा रुपन्देहीका १४ जना , बाँकेका १२ जना, दाङका ४ जना, बर्दियाका ४ जना, पाल्पाका २ जना र कपिलवस्तु, नवलपरासी १ जना पत्रकार कोरोनाको संक्रमणमा परेको जसमध्ये रुपन्देहीका २ जना र दाङका एक जना पत्रकारको अस्पतालमै भर्ना भएर उपचार भैरहेको बताएका छन् ।
‘संक्रमणको यो अवस्थामा पत्रकार महासंघ जिल्ला शाखाहरुद्धारा समेत संक्रमित साथीहरुको उपचारमा सघाउने काम भैरहेको छ । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अन्तर्गतका कपिलवस्तु, दाङ, रोल्पा, अर्घाखाँची, गुल्मी र पाल्पा जिल्ला शाखामा अक्सिजन सहितको आइसोलेसन निमार्ण भएको छ । अधिकांश जिल्लामा आइसोलेसन संचालनमा आइसकेको छ भने केहि जिल्लामा संचालनको तयारीमा रहेको छ ।’ विज्ञप्तिमा उल्लेख छ ।
महासचिव खड्काको विज्ञप्तिमा भनिएको छ, ‘लुम्बिनी प्रदेशका अधिकांश जिल्लामा शाखाको तर्फवाट स्वास्थ्य सुरक्षाका समाग्री वितरण भइरहेको छ । प्रदेश समिति मार्फत पनि बाँके , कपिलवस्तु जिल्लामा स्वास्थ्य सामाग्रि वितरणका लागि प्रदान भएको छ । बाँंकी जिल्लामा पनि प्रदेश समितिले पठाउने तयारी गरिरहेको जानकारी गराउन चाहन्छु । विपतको बेला उच्च सर्तकता नै पहिलो सुरक्षा हो । तसर्थ पत्रकार र संचार संस्थामा कार्यरत साथीहरुलाई समन्वय र सहकार्य गर्ने सबैप्रति हामी हार्दिक आभार प्रकट गर्दछौं ।’
जिल्ला शाखाहरुले गरेको संरचनाहरु निम्न अनुशार छन् :
१ कपिलवस्तुमा अक्सिजन सहितको ५ वेडको आईसोलेसन , २ रोल्पामा अक्सिजन सहितको ५ वेडको आईसोलेसन
३ दाङमा अक्सिजन सहितको ६ वेडको आईसोलेसन , ४ गुल्मीमामा अक्सिजन सहितको ५ वेडको आईसोलेसन
५ पाल्पामामा ५ वेडको आईसोलेसन , ६ अर्घाखाँचीमा शाखाको पहलमा जिल्लामा अक्सिजन मेशिनको व्यवस्थापन ।
प्रतिक्रिया राख्नुहोस्