गुल्मी । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सत्यवती गाउँ कमिटी, गुल्मीले सत्यवती गाउँपालिका वडा नं. ३ वडा कमिटी सदस्य इश्वरी फौँजा मगरका दाजु, पुजेन्द्र फौँजा र भुवन फौँजाको बुबा, एवं पार्टीका सल्लाहकार सदस्य एवं समाजसेवी श्री टिकाराम फौँजा मगरका छोरा ज्ञानबहादुर फौँजा मगरको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ ।
नेकपा (माओवादी केन्द्र) सत्यवती गाउँ कमिटी, सत्यवती गुल्मीका सचिव जीतु तरामु मगरले बुधबार शोक वक्तव्य जारी गर्दै फौँजाको निधनले आफ्नो पार्टीलाई स्तब्ध बनाएको बताएका छन् ।
तरामुको शोक वक्तव्यमा भनिएको छ, ‘नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सत्यवती गाउँपालिका वडा नं. ३ वडा कमिटी सदस्य कमरेड इश्वरी फौँजा मगरका दाजु, क. पुजेन्द्र फौँजा र भुवन फौँजाको बुबा, एवं पार्टीका सल्लाहकार सदस्य एवं समाजसेवी श्री टिकाराम फौँजा मगरका छोरा स्व. ज्ञानबहादुर फौँजा मगर ज्यु निधन हुनु भएको दुखद खबरले हाम्रो पार्टीलाई स्तब्ध बनाएको छ । दुखको यस घडीमा स्व. ज्ञानबहादुर फौँजा मगरप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै हाम्रो पार्टी शोक सन्तप्त परिवार तथा आफन्तजनमा गहिरो समवेदना प्रकट गर्दछ ।’
प्रतिक्रिया राख्नुहोस्