नेकपा कञ्चनपुरद्वारा विपन्न परिवारहरुलाई राहत वितरण 

गणेश एसके / कञ्चनपुर । नेपाल कम्युनिस्ट पार्टी कञ्चनपुरले कोरोना महामारीका कारण जटिल परिस्थितिमा रहेका भीमदत्त नगरपालिका–९ मटैनास्थित १२ विपन्न परिवारलाई राहत वितरण गरेको छ । 

कोभिड–१९ ले देशव्यापी रुपमा आक्रान्त र हैरानी पारिरहेको परिस्थितिमा विभिन्न राजनीतिक दल र दलका नेता–कार्यकर्ताहरू सत्ता प्राप्तिमा लिप्त रहेको बेला नेपाल कम्युनिस्ट पार्टी भिमदत्त नगर कमिटीले वास्तविक विपन्न परिवारहरुलाई राहत स्वरुप चामल, दाल र साबुन वितरण गरेको नेकपा कञ्चनपुरका युवा नेता दिपेन्द्र ऐरीले बताए ।

विभिन्न समस्या र संकटहरुको बेला पार्टी र पार्टीका नेता–कार्यकर्ताहरु जनस्वयम्सेवक भएर निरन्तर जनताकोे समस्याको सारथी बन्दै आएको नगर इन्चार्ज खडक सिंह धामिले बताए ।

उक्त राहत वितरण कार्यक्रममा नगर कमिटी अखिल नेपाल किसान महासंघ क्रान्तिकारीका अध्यक्ष रघुबीर जोसि, युवा नेता राकेश चन्द लगायत जिल्लास्तरीय नेता तथा कार्यकर्ताहरूको उपस्थिती रहेको बताइएको छ ।