युवा सङ्गठन नेपाल चितवनद्वारा रक्तदान कार्यक्रम सम्पन्न !

चितवन । नेकपाको अग्रभागिय सङ्गठन युवा सङ्गठन नेपाल चितवनले बिहिवार रक्तदान कार्यक्रम  सम्पन्न गरेको छ । राप्ती नगरपालिका वडा नं.६ स्थित भण्डारा माध्यमिक विद्यालयको परिसरमा गरेको रक्तदान कार्यक्रममा ५० पाउण्ड रगत संकलन गरिएको युवा संगठन नेपाल केन्द्रीय सदस्य राम सेढाइले जानकारी दिए ।

युवा संगठन नेपाल चितवन जिल्ला संयोजक राजु श्रेष्ठको अध्यक्षतामा भएको रक्तदान कार्यक्रममा प्रमुख अथिति नेकपाका केन्द्रीय सदस्य तथा चितवन जिल्ला इन्चार्ज सन्देश पौडेल, विशेष अतिथि नेकपाका केन्द्रिय सदस्य आधार, अतिथिहरू नेकपाका चितवन जिल्ला सेक्रेटरी मीनप्रसाद सापकोटा, नेकपाका रसुवा जिल्ला सेक्रेटरी ध्रुव, युवा संगठन नेपालका केन्द्रिय सदस्य राम सेढाई, अखिल (क्रान्तिकारी) केन्द्रीय उपाध्यक्ष रुद्र भट्टराई लगायत थुप्रै युवा नेता–कार्यकर्ताको सहभागिता रहेको थियो ।

रक्तदान कार्यक्रममा प्रमुख अतिथि इन्चार्ज सन्देशले कोरोना भाइरसको सङ्क्रमणबाट विश्वनै आक्रान्त बनिरहेको बेला नेपाल कम्युनिस्ट पार्टीले कोरोना भाइरसको विरुद्धमा विभिन्न जनचेतनामूलक कार्यक्रमहरु केन्द्रीय रुपमा नै गर्दै आएको बताए । उनले नेकपाले जनचेतना जगाउने, स्वास्थ सामग्रीहरु उपलब्ध गराउने, आइसोलेसन बेडहरु खडा गर्ने, हस्पिटलहरुमा स्वयम्सेवक परिचालन गर्ने र रक्तदान गर्ने जस्ता कार्यहरु गर्दै आएको र चितवनमा पनि रगतको कमि हुन नदिन योजनाबद्ध ढंगले रक्तदान कार्यक्रम संचालन गरेको बताए । उनले यस्तो गम्भीर अवस्थामा पनि रक्तदान गर्न आउने सम्पूर्ण नेता–कार्यकर्तालाई धन्यवाद दिए ।