अखिल (क्रान्तिकारी) नवलपुरले बुझायो जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र

अखिल (क्रान्तिकारी) नवलपुरले बुझायो जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र

नवलपुर । नेकपा निकट अखिल (क्रान्तिकारी) नवलपुरले बुधबार विभिन्न मागसहित जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको छ । सङ्गठनले दिएको जानकारीअनुसार जिल्ला प्रशासन कार्यालय, स्थानीय निकाय, प्याब्सन, एनप्याब्सन तथा जिल्लाका शैक्षिक सरोकार राख्ने अन्य  निकायहरुमा ज्ञापनपत्र बुझाएको हो ।

अखिल (क्रान्तिकारी) नवलपुरले कोभिडबाट प्रभावित आम नागरिकलाई सहज र सुलभ दरमा स्वास्थ्य सामाग्री उपलब्ध गराउन, भाडामा बसेका विद्यार्थीलाई राहत प्याकेज उपलब्ध गराउन, विद्यार्थीलाई कोभिड भ्याक्सिनको तत्काल व्यवस्था गर्न माग गरेको छ । त्यस्तै शैक्षिक अन्योल तत्काल अन्त्य गरी शैक्षिक कार्यक्रम घोषणा गर्न, रोकिएका परीक्षाहरु आन्तरिक तथा वैकल्पिक विधिबाट संचालन गर्न, शिक्षामा देखिएको अनियमितता हटाउन समेत माग गरेको छ । 

यस्तै विद्यार्थीलाई यातायातमा ४५% छुटको व्यवस्था कार्यान्वयन गर्न, सर्टिफिकेटमा लगाइएको महँगो शुल्क हटाउन, कमिसनको लोभमा पाठ्यपुस्तक वर्षेनी परिवर्तन गर्ने प्रणालीको अन्त्य गर्न, पुराना तथा मापदण्ड विपरीतका सवारी संचालनमा रोक लगाउन माग गरेको छ ।

शैक्षिकसत्र सुरुवात हुने प्रत्येक वर्ष उक्त संगठनले विगत देखि नै देशव्यापी रुपमा मागपत्र बुझाउँदै आएको थियो ।