कालीकोट । नेकपा कालिकोटले स्वास्थ्य तथा सरसफाई अभियानलाई तिव्रता दिएको छ । शुक्रबार कालीकोटको राम्राकोट लाफामा स्वास्थ्यसम्बन्धी सचेतना कार्यक्रमसहित लाफा गाउँका ५५ घरपरिवारलाई एकएक चक्की साबुन र मास्क वितरण गरेको छ ।
जिल्ला सेक्रेटरी रणदिप, जिल्ला समिति सदस्य तखत, युवा सङ्गठन समिति सदस्य सरोज न्यौपाने, मनोज न्यौपाने, रुपन्देही जिल्ला समिति लक्ष्मण न्यौपाने, एरिया समिति सदस्य रमेश न्यौपाने, इलाका उपाध्यक्ष धर्म बराललगायतका नेता–कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।
उक्त सम्पन्न सचेतना कार्यक्रममा बोल्दै जिल्ला सेक्रेटरी रणदिपले स्वास्थ्यसम्बन्धी जनचेतना फैँलाउनका लागि उक्त अभियान थालिएको बताए ।
‘स्थानीय निकाय एवं जनप्रतिनिधिहरू बजेट भुक्तानी र कमिसनको खेलमा व्यस्त रहेको बेला नेकपाले यो अभियान सञ्चालन गरेकोमा हामी निकै खुसी भएका छौँ’, स्थानीय ६३ वर्षिय जयप्रसाद न्यौपानेले भने ।
उक्त अभियान जिल्लाव्यापी रुपमा सञ्चालन गरिने जिल्ला सेक्रेटरी रणदिपले जानकारी दिए ।
सम्बन्धित खवर
अर्घाखाँचीमा थप ५२ जना कोरोना सङ्क्रमित
'सुकुम्बासी बस्तीमा डोजर लगाउनु गलत' : नेकपा
अर्घाखाँचीमा सोमबारदेखि निषेधाज्ञा जारी गर्ने निर्णय
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्