बुटवल । ब्राजिलमा भइरहेको ४७औं संसकरणको कोपा अमेरिका फुटबलमा उपाधि दाबेदार अर्जेन्टिनाले चिलीसँग १-१ को बराबरी खेलेको छ ।
मंगलबार बिहान ओलम्पिक निल्टन सान्तोस स्टेडियममा भएको खेलमा अर्जेन्टिनाले पहिले अग्रता लिएपनि काएम राख्न सकेन ।
अर्जेन्टिनाका लागि कप्तान लिओनल मेस्सीले गोल गरे भने चिलीका एडुवार्डो भर्गासले गोल फर्काए । खेलको ३३औं मिनेटमा कप्तान मेस्सीले फ्रिकिकमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । अर्जेन्टिनाका लागि मेस्सीको यो ७३औं अन्तर्राष्ट्रिय गोल हो ।
५८औं मिनेटमा एडुवार्डो भेर्गासले चिलीका लागि बराबरी गोल फर्काए । अर्टुरो भिडालले प्रहार गरेको पेनाल्टी अर्जेन्टिनाका गोलकिपर इमिलियानो मार्टिनेजले रोकेपछि त्यसैमा आएको रिबाउन्ड बलमा भिडालले गोल गरेका हुन् ।
बराबरीपछि समूह ए मा अर्जेन्टिना र चिलीले समान १ अंक जोडेका छन् ।
Tags :
सम्बन्धित खवर
नेपाली फुटबल टोली कुवेत पुग्यो
५ वर्ष अगाडि
नव प्रतिभा प्रतिष्ठान केन्द्रको २७ औं संस्करण
५ वर्ष अगाडि
नेपालको कीर्तिमानी जित : त्रिकोणात्मक सिरिजको उपाधि
५ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्