हाम्रो देशको मानव जीवनशैली सामाजिक, आर्थिक र राजनीति दृष्टिकोणले एउटा तरिकाले बुझ्न सकिन्छ, जुन अहिलेको राजनीति व्यवस्थासँग प्रत्यक्ष सम्बन्ध राख्ने गर्छ । अझ भन्दा नेपाल बहुजातीय, बहुधार्मिक, बहुभाषिक मिश्रित समाज हो । भौगोलिक हिसाबले हिमाल, पहाड, तराई मधेसको आ–आफ्नो जीवनशैली छ । यो सबैको नेतृत्व अहिलेको राजनीति व्यवस्था दलाल पुँजीवादी छ, जसको कारणले समाजमा विभिन्न प्रवृत्तिका पक्षका मान्छेहरू विकास भएका छन् । जसलाई निम्न तीन पक्ष प्रवृत्तिमा बुझ्न सकिन्छ ।
१) श्रम र सत्यमा विश्वास गर्ने
मुख्य कुरा मेहनत र इमानदारी बिना संसार असफल देखेको हुन्छ । उसले त्यो मेहनत नै मानिसको अन्तिम सत्य हो भन्ने कुरा चेतना राख्छ र आपनो जीवनको गोरेटो काट्ने गर्छ । अरूलाई कुनैपनि हिसाबले अन्याय, अभाव, बिभेद हुँदा भावना ब्यक्त गर्छ । उसलाई अर्को भाषामा भन्दा श्रमजीवी वर्ग भनिन्छ, अथवा कम्युनिस्ट भन्नू सकिन्छ । अहिले नेपालको सन्दर्भ वा विश्वासमा हेर्दा यो बर्ग, समाज संख्याको हिसाबले हेर्दा सबैभन्दा ठुलो छ तर बिडम्बना भुमिका र स्वामित्वका हिसाबले धेरै कम भेटाइन्छ । यो पक्ष र प्रबृत्तिका मानिस बोल्ने नसक्ने कम बोल्ने आफ्नो काममा इमानदारीपूर्वक लाग्ने समाजका नेतृत्वदायी भुमिका धेरै कम खाली वस्तु उत्पादन गर्ने मालिकका औजार रूपमा प्रयोग भएको देखिन्छ यो पक्ष र प्रबृत्ति मान्छेहरू कामको धेरै चर्चामा हुने तर निर्णायक स्थितिमा निम्न र उनीहरूले उठाएका बिषय सुनुवाइ नहुने स्थिति अहिलेको अवस्थामा छ । उनीहरू मेहनतबिना खानु हुँदैन भन्ने मान्यता राख्छन् र कसैले झुटकपुट गरेर अन्याय गर्नु हुँदैन भने चेतना राख्छन् । यी मान्छेहरू राजनीति, आर्थिक प्रशासनिक रूपमा कमजोर र विभाजित अवस्थामा छन् यिनीहरूलाई विभिन्न तरिकाले हरेक किसिमका दलालहरूले औजारको रूपमा प्रयोग गरेका छन् ।
२) श्रम नगर्ने निशुल्क सार्वजनिक सम्पत्ति व्यक्तिको हुनपर्ने प्रबृत्ति
यसलाई सामाजिक, मानवीय र राजनीति हिसाबले निष्पक्ष हेर्ने हो भन्ने परजीवी र दरिद्र भन्नु सकिन्छ अर्को शब्दमा भन्दा निम्न दलाल पुँजीवादी वर्ग भन्नु सकिन्छ । जसले कुनै बस्तु अवस्था परिस्थितिमा कुनै पनि मानसिक र शारीरिक, भौतिक श्रम नगरि उपलब्धि लिनु खोज्छ । हरेक ठाउँमा छलछाम ढाँट ठग गर्छ । यो प्रबृत्ति पक्षका मान्छेको संख्याको हिसाबले सानो छ तर निर्णायक र भुमिका हिसाबले बढी छ । यसले इमानदारीपूर्वक जीवन जिउनेहरूको विरोध, आलोचना गर्छ । उनीहरूको श्रम पसिनामा रिस, डाँहा गर्छ र प्रत्येक वस्तुमा निशुल्क प्राप्त गर्ने चेतना राख्छ । जसले जनताको पसिना रगतबाट प्राप्त कृत्रिम र प्राकृतिक वस्तुलाई दोहोन गरेर आपनो व्यक्तिगत मुनाफा देख्छ र गर्छ ।
यो प्रवृत्ति पक्षका मान्छेहरूको संख्या सबैभन्दा राजनीतिभित्र अलि बढी छ, जसले समाजलाई विभिन्न बहानामा खण्ड –खण्डमा विभाजित गरेको छ । यो तल गाउँघरमा पनि उत्तिकै देखिन्छ । साझा सम्पत्ति र अरूको सम्पत्तिमाथि आँखा लगाउँछ र अन्याय विभेद गर्ने भुमिका खेल्छ । अन्यायका विरूद्वको बिद्रोहमा समर्थन गरे जस्तो गर्छ तर अन्तिममा व्यक्तिगत फाइदा नहुँदा धोका दिन्छ । यो उच्च वर्ग,मध्यम वर्ग निम्न वर्ग सबैमा छ । मुख्य चरित्र निम्न दलाल पुँजीवादी वर्ग नै हो । सबैमा उत्तिकै छ । यसले बढी झुठा अस्थाई सम्बन्ध बिस्तार गर्छ । फाइदा हुँदा हरेक कुरामा साँच्ची रहन्छ । अरूको मेहनत र इमानदारिताको व्यापार गर्छ । सामुहिक र सामाजिक काम कुनै चासो चिन्ता गर्दैनन् ।
३) विकासभित्र लुकेको बिसालु सर्पजस्तै जसले राष्ट्र र जनताको सम्पत्ति व्यक्तिगत बनाउँछ
यो पक्ष प्रबृत्ति खास गरि राजनीति पार्टी र राजनीति पार्टीको संरक्षणमा सञ्चालन भएका हरेक सं–संस्था व्यक्ति शक्तिमा छ । जसले समाजसेवा देश विकासको भ्रम दिदै अगाडी बढछ् । यो वर्गले आवश्यकता, अवस्था, परिस्थिति भन्दा पनि जनताको विकास लागि बनाएको योजनामा ठूलो फाइदा देखेको हुन्छ । त्यसका लागि ऊ जे गर्नु पनि पछि पर्दैनन् । यसले भन्छ एक गर्छ फरक जनताको इमानदारीलाई ठूलो फाइदाको रूपमा उपयोग गर्छ ।
यो अहिले मुख्यतः दलाल संसदीय व्यवस्थाको प्रमुख नाइकेको रूपमा आफुलाई सोँच्छ । यो वर्ग रातारात ठूलो धनीमानी बन्छ । यसले हरेक मान्छेका मानवीय समस्या व्यापार देख्ने गर्छ । यो संख्याको हिसाबले धेरै सानो छ तर भुमिकाको हिसाबले प्रमुख भएको छ । वर्तमान राजनीति व्यवस्था र राजनीति सत्ताका हिसाबले दलाल संसदीय सत्ताको पहरेदारको रूपमा रहेको छ । यो देश जनतालाई डुबाउने तर व्यक्ति मोटाउने एउटा व्यवसाय र राजनीति व्यापार पनि हो । यसले आफु फाइदाबिनाको हरेक काम गलत भन्दै बिरोध जनाउँछ । यस्ताका खालका प्रबृत्ति पक्षका मान्छे मुख्यतः देशको राजनीति व्यवस्थाले निर्माण गर्ने भएकाले अहिले नेपालमा दलाल संसदीय सत्ता भएकाले राजनीति सेवा नीति मानव सभ्यता भन्दा पनि राजनीति फाइदा व्यापारको रूपमा मानव जीवनमा प्रयोग भइरहेको छ । यसलाई परिवर्तन गर्नु अनिवार्य भएको पनि देखिन्छ ।
निष्कर्ष –
हरेक मान्छे स्वतन्त्रता, समानता, विभेदमुक्त जुनबेला हुन्छ, ऊ त्यो बेला सबैभन्दा खुसी आनन्द ठान्दछ र आफ्नो आत्मा सम्मानको अनुभुति गर्छ । त्यसैले हरेक वस्तुको अध्ययन त्यसको बैज्ञानिक प्रयोग गर्दै परिवर्तन गर्ने बैज्ञानिक मानव सभ्यता सहितको राजनीति प्रणाली हुनु जरुरी देखिन्छ । जसले सबै मान्छे–मान्छे बिचका सबै खालका अन्याय असन्तृष्टि असहमत अभावको अन्त्य गर्छ । त्यस्तो राजनीति सत्ता हुन जरूरी छ । स्वयम् यसका लागि सचेत मान्छेहरूको समाजले पनि पहल लिनुपर्छ ।
( प्रकाश जप्रेल, नेता अखिल (क्रान्तिकारी) केन्द्रीय सदस्य हुन्)
प्रतिक्रिया राख्नुहोस्