Deprecated: Array and string offset access syntax with curly braces is deprecated in /home/geocomnp/test.geo.com.np/application/libraries/My_upload.php on line 2727
उवासंघ र जिआईजेडको सहकार्यमा स्वास्थ्य जनचेतना अभियान - Janabato

उवासंघ र जिआईजेडको सहकार्यमा स्वास्थ्य जनचेतना अभियान

स्वास्थ्य सुरक्षा मापदण्डको बारेमा बुटवलमा जनचेतना अभियान

उवासंघ र जिआईजेडको सहकार्यमा स्वास्थ्य जनचेतना अभियान

 

बुटवल, १० मंसिर । बुटवल उद्योग बाणिज्य संघ रुपन्देही र जि.आई.जेड.को सहकार्यमा स्वास्थ्य सुरक्षा जनचेतना अभियान सञ्चालन गरिएको छ । कोरोना भाईरस (कोभिड–१९) को महामारीका बिच यसबाट बँच्न र बचाउनको लागि भन्दै सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्डको बारेमा बुटवलमा जनचेतना अभियान सञ्चालन गरिएको हो ।

साना उद्योगी व्यबसायीलाई लक्षित गरेर सञ्चालन गरिएको स्वास्थ्य जनचेता अभियान अन्तरगत बुटवल उपमहानगरपालिका भित्र सञ्चालित व्यबसायिक प्रतिष्ठानमा पुगेर स्वास्थ्य मापदण्डको बारेमा जानकारी गराउने तथा कोरोना भाईरस संक्रमणबाट बच्न र उपभोक्ता (ग्राहक)लाई समेत बचाउनको लागि मापदण्डको पालना गर्न आग्रह गरिएको बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीका कार्यकारी निर्देशक मदनकुमार कार्कीले जानकारी गराउनु भयो ।

जिआईजेडको स्थानीय, प्रादेशिक आर्थिक बिकास परियोजना अन्तरगत बुटवल उद्योग बाणिज्य संघसंगको सहकार्यमा सञ्चालन गरिएको अभियान गत सोमबारदेखि सुरु गरिएको हो । अभियानमा खटिएका सहजकर्ताले पसल पसल पुगेर स्वास्थ्य मापदण्डको बारेमा जानकारी गराउने, स्वास्थ्य मापदण्डको पालना गर्न आग्रह गर्ने र जानकारीमुलक पम्पलेट वितरण गर्ने गरेका छन् । त्यसको लागि दुई जना सहजकर्ता खटाईएको छ ।

कोरोना भाईरस संक्रमणबाट आफू पनि बच्न र उपभोक्ता (ग्राहक)लाई पनि बचाउनको लागि विशेष गरेर मास्कको अनिवार्य प्रयोग गर्न, समयसमयमा साबुनपानीले हात धुन तथा सेनिटाईजर गर्न र सामाजिक दुरी कायम गरेर व्यबसाय सञ्चालन गर्न आग्रह गरिएको संघका कार्यकारी निर्देशक कार्की बताउनु हुन्छ ।

त्यस्तै पसलभित्रका उपकरणहरु जस्तैः टेवल, बास्केट काँटा लगायतका उपकरणहरु समयसमयमा सफा गर्न, पसल भित्र ग्राहकको संख्या सिमित राख्न, सकेसम्म नजिकका ग्राहकलाई होम डेलीभरीको व्यबस्था मिलाउन तथा सम्भव भएसम्म डिजिटल भुक्तानीको व्यबस्था मिलाउन र सम्भव नभएर बक्समा पेमेन्ट गर्ने व्यबस्था गर्न आग्रह गरिएको छ ।

दश दिनसम्म सञ्चालन गरिने अभियान अन्तरगत स्वास्थ्य सुरक्षाको बारेमा जानकारीमुलक सामाग्रि सहित चोकचोकमा माईकिङ् समेत गरिएको छ । यसले बिक्रेता र उपभोक्तालाई समेत आफ्नो स्वास्थ्य प्रति सचेत गराउने संघले विश्वास लिएको छ ।