नेकपाका वरिष्ठ नेता सुदर्शन अस्पताल भर्ना 

बुटवल । नेपाल नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य हेमन्त प्रकाश ओली ‘सुदर्शन’ लाई अस्पताल भर्ना गरिएको छ । नेता सुदर्शनलाई साइलेन्ट हर्ट–अट्याक भएपछि सहिद गंगालाल हृदय केन्द्र बासबारीको इमरजेन्सीमा उपचार गरिएको छ । लामो समयदेखि नेता सुदर्शनको स्वास्थ्यमा समस्या हुँदै आएको थियो । आज मुटुमा समस्या भएपछि अस्पताल भर्ना गरिएको हो ।

सरकारसित नेकपाले ३ बुँदे सहमति कार्यान्वयन नगरेका कारण नेता सुदर्शन सहित सयौं नेता कार्यकर्ताहरु जेलमा बन्दी जीवन विताइरहेका छन् । नेता सुदर्शन नक्खु कारागारमा बन्दी जीवन विताउदै आउनु भएको थियो । 

सुदर्शनलाई चैत १० गते काभ्रेमा गिरफ्तार गरिएको थियो । नख्खुस्थित एनसेल कार्यालयमा विस्फोट गराएको अभियोगमा अदालतबाट सफाई पाइसकेका सुदर्शनलाई हात हतियार सम्बन्धी मुद्धामा अदालतले जेल पठाएको थियो ।