बुटवल । अखिल (क्रान्तिकारी) केन्द्रीय समितिले सङ्गठनका केन्द्रीय सदस्य प्रकाश बास्तोलाको गिरफ्तारीप्रति आपत्ति प्रकट गरेको छ । साथै बास्तोलालाई विना शर्त तत्काल रिहा गर्न माग गरेको छ । सङ्गठनका केन्द्रीय अध्यक्ष चिरञ्जीवी ढकालले आइतबार विज्ञप्ति जारी गर्दै सो माग गरेका हुन् ।
अध्यक्ष ढकालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो संगठनका केन्द्रीय सदस्य क.प्रकाश बास्तोलालाई केपी ओली सरकारको गृह प्रशासनले यहि असार २६ गते पोखराबाट अपहरण शैलीमा गिरफ्तार गरी झुट्टा मुद्दामा फसाउने षड्यन्त्र गरि बन्दी बनाइरहेको छ । ३ बुँदे सहमतिको पूर्ण उलंघन गर्दै, आफ्नो जनविरोधी एवं राष्ट्रघाती अनुहारमा पर्दा हाल्न जनता र युवा विद्यार्थीहरूको न्यायपूर्ण आन्दोलनमाथि केपी ओली सरकारले गरिरहेको दमनको हाम्रो संगठन घोर निन्दा एवं भत्र्सना गर्दछ । नेपाल कम्युनिष्ट पार्टी र सरकारबीच भएको ३ बुँदे सहमतिको पूर्ण पालना गर्न र संगठनका केन्द्रीय सदस्य क. प्रकाश बास्तोलालाई विना शर्त तत्काल रिहा गर्न पनि हाम्रो संगठन जोडदार माग गर्दछ ।’
सम्बन्धित खवर
पाल्पा–बुटवल सडकखण्ड अवरुद्ध
नेकपाका नेता पुन र धामिद्वारा रक्तदान
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्