Deprecated: Array and string offset access syntax with curly braces is deprecated in /home/geocomnp/test.geo.com.np/application/libraries/My_upload.php on line 2727
नेकपाका महासचिव विप्लव र डा. बाबुराम भट्टराईबीच भेटवार्ता - Janabato
नेकपाका महासचिव विप्लव र डा. बाबुराम भट्टराईबीच भेटवार्ता

बुटवल । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव र पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ ।

शुक्रबार भएको सो भेटमा नयाँ सरकार गठन भएको सन्दर्भमा पुरानो सरकारसँग भएको तीन बुँदे सहमतिको कार्यान्वयनका विषयमा दुई नेताबीच छलफल भएको बताइएको छ । विशुद्ध राजनैतिक भनिएको उक्त भेटघाटमा समसामयिक राजनितिक विषयमा छलफल भएको र तीन बुँदे सहमति र बन्दी रिहाईका विषयमा छलफल भएको बताइएको छ ।

भेटवार्तामा नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य धर्मेन्द्र बास्तोला र डा. बाबुराम भट्टराईको पत्नी तथा पूर्वमन्त्री हिशिला यमीको समेत सहभागिता रहेको नेकपाका केन्द्रीय सचिवालयले बताएको छ ।