नवलपुर । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) नवलपुरले जिल्लाको गैंडाकोट नगरपालिकामा जातीय छुवाछूत विरुद्धमा विरोध कार्यक्रम सम्पन्न गरेको छ ।
सङ्गठनको देशव्यापी कार्यक्रम अन्तर्गत उक्त सङ्गठनले आइतबार विरोध प्रदर्शन गरेको हो । कार्यक्रममा सङ्गठनका जिल्ला स्तरीय नेता–कार्यकर्तादेखि स्थानीय विद्यार्थीहरुको समेत सहभागीता रहेको थियो । साथै पेट्रोलियम पदार्थको मूल्यवृद्धि, शैक्षिक अन्यौलता, महँगी र कालोबजारीका विरुद्धमा समेत उक्त सङ्गठनले प्रदर्शन गरेको सङ्गठनका जिल्ला अध्यक्ष श्रीराम स्वरुपले बताए ।
कार्यक्रममा जिल्लामा निरन्तर विद्यार्थी हराउनु र मृत फेला पर्नुले अहिलेको सरकारमा जो आएपनि आम विद्यार्थी तथा नागरिकको सुरक्षा हुन नसक्ने भन्दै विद्यार्थीलाई सजग रहन समेत आह्वान गरिएको थियोे । साथै व्यवस्था बदल्ने अभियानमा आम विद्यार्थीलाई सङ्गठित हुन जोड दिइएको बताइएको छ ।
सम्बन्धित खवर
घरेलु तथा साना उद्योग समृद्धिको आधार : खड्का
अर्घाखाँची जिल्ला अस्पतालमा ४० जना संक्रमणमुक्त
धनगढीमा रणनैतिक संयुक्त मोर्चाको बृहत जनसभा
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्