भरतपुर । नेकपा भरतपुर महानगरपालिका वडा नं. २५ को बैठक सम्पन्न भएको छ । बैठक वडा सेक्रेटरी खेमको अध्यक्षतामा भएको हो ।
चितवन जिल्ला विशेष समितिका सेक्रेटरी महेशको प्रमुख आतिथ्य, पार्टी जिल्ला सदस्य तथा वडा इन्चार्ज राजकुमार, हरि पौडेलको आतिथ्य र बिरु लामाको उपस्थितिमा सम्पन्न बैठकले १७ सदस्यीय वडा पार्टी गठन गरेको जनबाटोमा प्राप्त समाचारमा जनाइएको छ ।
कार्यक्रममा २५ नंं. वडामा माओवादी केन्द्रका पार्टी एरिया सदस्य चक्रपाणि दवाडी र वामपन्थी नेता नरेश न्यौपाने नेकपामा ध्रुवीकृत भएका छन् । बैठकले एमसीसी, नागरिकता विधेयकलगायत राष्ट्रघाती कदम विरुद्ध सङ्घर्ष गर्ने, भ्रष्टाचार, विकृति विरुद्ध आन्दोलन गर्ने निर्णय गरेको छ ।
Tags :
सम्बन्धित खवर
महिला हिंसा अन्त्य गर
५ वर्ष अगाडि
ट्रेड युनियन महासङ्घ नवलपरासीको अध्यक्षमा चौधरी
५ वर्ष अगाडि
दुर्घटना न्युनिकरण गर्न गाँउगाँउमा ट्राफिक सचेतना
५ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्