मुक्ति गैरे । गुल्मी । नेपाल कम्युनिस्ट पार्टीको जनसेवकले गुल्मीको तम्घास नगरपालिकामा जनसेवा तथा जनसङ्गठन विस्तार अभियान उद्घाटन गरेको छ । तम्घास नगरपालिकाको सिमी चौरमा बुधबार नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवम् पाल्पा–गुल्मी जिल्ला इन्चार्ज अपेक्षाले अभियानको उद्घाटन गर्नु भएको थियोे ।
अभियान उद्घाटन गर्दै अपेक्षाले वर्तमान संसदीय व्यवस्थाले राष्ट्र र जनताको पक्षमा काम नगरेकोले यसको विकल्पमा अनिवार्य वैज्ञानिक समाजवादी व्यवस्था भएको बताइन् । उनले वैज्ञानिक समाजवादी व्यवस्थाले मात्रै देश र जनताको रक्षा गर्दै स्थायी शान्ति समृद्धि ल्याउन सक्ने बताइन् । इन्चार्ज अपेक्षाले आफ्नो पार्टीले सारेको एकीकृत जनक्रान्तिको निरन्तर अभियान कै क्रममा सरकारसंग भएको ३ बुँदे सहमति इमानदारीपूर्वक कार्यावन्यन गरेर सरकार र सम्पूर्ण जनताहरु ऋाफ्नो पार्टीले अगाडि सारेको जनमत संग्रहमा सहभागी भएर वैज्ञानिक समाजवादी व्यवस्थालाई जिताउन अपिल गरिन् ।
अभियानमा अभियान टोलिका सदस्य सुकुमारले देश र जनताको लागि आफूहरुले धोका नदिएर निरन्तर लागि रहेको बताए । उनले सम्पूर्ण जनताहरु, युवाहरू निरन्तर आफ्नो पार्टीले अघि सारेको एकीकृत जनक्रान्तिमा सहभागी हुन अपिल गरे ।
अभियान उद्घाटन सकिए लगत्तै सोहि मंचबाट युवा संगठन नेपालको ९ सदस्यीय र दलित मुक्ति मोर्चा नेपालको ७ सदस्यीय कमिटी गठन समेत गरिएको छ ।
उक्त कार्यक्रमको संचालन गुल्मी जिल्ला सेक्रेटरी हिमालले गरेका थिऐ भने अभियानमा १ दर्जन जिल्ला, क्षेत्रीय र केन्द्रीय नेताहरुको सहभागी रहेको छ । अभियान साउन र भदौ महिना भरि चल्ने बताइएको छ ।
प्रतिक्रिया राख्नुहोस्