-साया किरण
कुण्ठित मात्रै थियो लोकतन्त्र अस्ति
हिजो बिरामी परेछ
डाक्टरहरु पुर्वपश्चिम गर्छन् रे तर उपचार गर्दैनन्
कहिलेकाहीँ मृतक घोषणा गरेर
जीवित हुँदै अङ्गअङ्ग बेच्ने रैछन्
हिजो त झन् आफ्नै आमा परिछिन्
किड्नी झिकिनेहरुको लिस्टको छैठौं नम्बरमा ।
बिरामी कुर्ने डेक्समा बसेको समाजवादले
दयावान अनुहार सहित हेरेछ
शैयामा छटपटाईरहेको बिरामी
पल्लो झ्यालबाट राजतन्त्रले खुच्चिङ गरेछ
लोकतन्त्रको विचलित गुनासो ।
केही नर्सहरुले आश्वासन दिएछन्
‘तिम्रा डाक्टरहरु आउँदैछन् नआत्तिउ
घुसखोर र पैसामा बेचिएका होइनन्
अलिक भिन्नै कुन्नी राता डाक्टर भन्दै थिए’
आज भने बिरामी लोकतन्त्रको अनुहार
अलिकति उज्यालिएको छ ।
Tags :
सम्बन्धित खवर
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्