Deprecated: Array and string offset access syntax with curly braces is deprecated in /home/geocomnp/test.geo.com.np/application/libraries/My_upload.php on line 2727
अर्घाखाँचीमा केसी र घिमिरेलाई विदाई, शर्मालाई स्वागत - Janabato

अर्घाखाँचीमा केसी र घिमिरेलाई विदाई, शर्मालाई स्वागत

कर्मचारी विदाई र स्वागत गर्ने परम्पराको सुरुवात

अर्घाखाँचीमा केसी र घिमिरेलाई विदाई, शर्मालाई स्वागत

अनिल नेपाली, मंसिर ११, सन्धिखर्क । निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन, जिल्ला कार्य समिति अर्घाखाँचीले जिल्लामा राष्ट्र सेवक बनि आउने नयाँ कर्मचारीहरुको स्वागत तथा यस जिल्लालाई कार्य क्षेत्र बनाई अन्य जिल्लामा सरुवा तथा बढुवा भएर जाने राष्ट्रसेवक कर्मचारीहरुको विदाई कार्यक्रमको शुरुवात गरेको छ ।

कार्यक्रम अन्तर्गत विहीबार कोष तथा लेखा नियन्त्रक कार्यालय अर्घाखाँचीका प्रमुख कोष नियन्त्रक रामबहादुर केसी र जिल्ला सरकारी वकिल कार्यालयका कार्यालय प्रमुख हरि प्रसाद घिमिरेको विदाई तथा यसै जिल्लामा जिल्ला सरकारी वकिल कार्यालयमा नयाँ कार्यालय प्रमुखको रुपमा आउनु भएका निराजन शर्माको स्वागत कार्यक्रम सम्पन्न गरेको छ ।

 कार्यक्रमा विशेष अतिथिको रुपमा यस जिल्लाबाट विदाई भएर जान थाल्नु भएका प्रमुख कोष नियन्त्रक रामबहादुर केसीले निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनले शुरु गरेको यस्ता खाले क्रियाकलापले निजामति तथा अन्य राष्ट्रसेवक कर्मचारीहरुको मनोबल उच्च हुने बताउदै आफूलाई यसरी विदाई गरेकोमा धन्यवाद समेत ज्ञापन गर्नु भएको थियो । कार्यक्रम ट्रेड युनियनका अध्यक्ष झविन्द्र खनालको अध्यक्षता, सचिव विवेक पन्तको संचालन र उपाध्यक्ष बलराम मिश्रको स्वागत मन्तव्यबाट शुरु भएको थियो ।