कोरोनाका कारण वडा अध्यक्ष भुसालको मृत्यु

अनिल नेपाली । अर्घाखाँची । कोरोनाका कारण अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष इश्वरी प्रसाद भुसालको मृत्यु भएको छ । 

सन्धिखर्क नगरपालिका–८ किमडाँडामा घर भएका वडा अध्यक्ष भुसालको उपचारको क्रममा काठमाण्डौको हेम्स अस्पतालमा ६१ बर्षको उमेरमा आइतबार मृत्यु भएको  हो । 

कोरोना संक्रमण भएपछि  अर्घाखाँची अस्पतालमा उपचारका लागि भर्ना गरिएको वडा अध्यक्ष भुसालको अवस्था गम्भीर बनेपछि ४ दिन अघि हेलिकप्टरबाट थप उपचारका लागि काठमाण्डौ लगिएको थियो । 

स्थानीय जनता कृष्ण माध्यमिक विद्यालयको लामो समय प्रध्यानाध्यापक रहेर अध्यापन पेशा अंगालेका भुसाल शिक्षक पेशाको अवकासपछि नेकपा एमालेबाट वडा अध्यक्ष पदमा निर्वाचित भएका थिए । उनी स्थानिय तहमा लोकप्रिय नेताको रूपमा परिचित थिए ।