Deprecated: Array and string offset access syntax with curly braces is deprecated in /home/geocomnp/test.geo.com.np/application/libraries/My_upload.php on line 2727
नेकपा लमजुङका जिल्ला इन्चार्जसहितका छ जना फेरी पक्राउ - Janabato

नेकपा लमजुङका जिल्ला इन्चार्जसहितका छ जना फेरी पक्राउ

झुठा मुद्धा लगाएको नेकपाको आरोप

नेकपा लमजुङका जिल्ला इन्चार्जसहितका छ जना फेरी पक्राउ

पुष २, लम्जुङ । ने.क.पा. लमजुङका जिल्ला इन्चार्जसहितका पांच जना नेता तथा कार्यकर्ता आज साँझ फेरी पक्राउ परेका छन्। जिल्ला अदालत लमजुङले तोकेको धरौटी रकम बुझाए पनि उनीहरुलाई प्रहरीले फेरी पक्राउ गरेको हो।

प्रहरीले फेरी पक्राउ गरेका बिद्रोही ने.क.पा.का नेता तथा कार्यकर्ताहरुमा जिल्ला इन्चार्ज जंगबहादुर भण्डारी ‘आक्रोश’, जिल्ला सेक्रेटरी बिलबहादुर गुरुङ ‘गौरब’, जिल्ला सदस्यहरु रबिन्द्र नाखोला र नारायण बहादुर कुँवर तथा सर्वसाधारणहरु सुजन थापा र दुर्गालाल तामाङ रहेका छन्।

उनीहरुमध्ये जिल्ला सेक्रेटरी गौरबलाई जिल्ला अदालत लमजुङले २० हजार रुपियाँ धरौटी लिएर छाड्न भनेको थियो भने जिल्ला इन्चार्ज आक्रोश तथा जिल्ला सदस्यहरु रबिन्द्र नाखोला र नारायण बहादुर कुँवरलाई जनही सात-सात हजार रुपियाँ धरौटी लिएर छाड्न आदेश दिएको थियो। सर्वसाधारण नागरिक भनिएका सुजन थापा र दुर्गालाल तामाङलाई अदालतले साधारण तारेखमा छाड्न आदेश दिएको थियो।

बिष्फोटक पदार्थ र चन्दा रसिदसहित २०७७।०८।०८ गते अं.०१:०० बजेको समयमा जिल्ला लमजुङ दोर्दी गा.पा. वडा नं.८ खिमचोक पाँचस्वाराबाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो। उनीहरुको साथबाट प्रहरीले झोलाभित्र लुकाई छिपाई राखेको बिष्फोटक पदार्थ गन्धक- ५०० ग्राम, बारुद – ५०० ग्राम, सोडा – ५ के.जि., सेप्टि फ्युज -१.५ मिटर, रोल क्याप लेखिएको पटका ७ रोल, सिसाका छर्राहरु, उक्त पार्टी सँग सम्बन्धित पोष्टर थान-५०, नेपाल कम्युनिष्ट पाटिको पर्चा थान-५०, नगद रु ३१,६८५/-, चन्दा रसिद -१, ग १५प ८१३७ नं. र बा ७४ प ७०८७ नं.को मोटरसाईकल, मोबाईल थान-८ तथा सिमकार्ड थान-६ समेत बरामद गरिएको जानकारी दिएको थियो। नेकपा लम्जुङले नेताहरुलाई प्रहरीले गिरफ्तार गरेर झुठा मुद्धा लगाएको भन्दै तत्काल रिहा गर्न माग गरेको थियो ।