Deprecated: Array and string offset access syntax with curly braces is deprecated in /home/geocomnp/test.geo.com.np/application/libraries/My_upload.php on line 2727
क्रिस्टल प्यालेसको लज्जास्पद हार, लिभरपुल ७–० ले विजयी - Janabato

क्रिस्टल प्यालेसको लज्जास्पद हार, लिभरपुल ७–० ले विजयी

लिभरपुलले इंग्लिस प्रिमियर लिग

क्रिस्टल प्यालेसको लज्जास्पद हार, लिभरपुल ७–० ले विजयी

पुष ४, बुटवल । रोबर्टो फिर्मिनो र मोहम्मद सलाहको उत्कृष्ट प्रदर्शनमा लिभरपुलले इंग्लिस प्रिमियर लिगमा क्रिस्टल प्यालेसलाई ७–० गोलअन्तरले हराएको छ। शनिबार भएको खेलमा लिभुरका लागि पाँच खेलाडीले गोल गरे। टुकुनी मिनामिनोले खेलको तेस्रो मिनेटमै टोलीलाई अग्रता दिलाएका थिए। त्यस्तै साडियो मानले ३५ मिनेटमा गोल गर्दै लिभरपुलाई २–० को अवस्थामा ल्याएका थिए। 

फेरि ४४ औं मिनेटमा रोबर्टो फिर्मिनोले तेस्रो गोल गरेका थिए। पहिलो हाफमा तीन गोल खाएको क्रिस्टल प्यासलेसले खेल अविधभर जम्मा तीन पटक मात्र लिभरपुलको पोस्टमा प्रहार गरेको थियो। 

त्यस्तै जोर्डन हन्डरसनले खेलको ५२ औं मिनेटमा गोल गर्दै टोलिलाई ४–० को बलियो अवस्थामा पुर्‍याए। फेरि ६८ औं मिनेटमा फिर्मिनोले नै गोल गरे। मोहम्मद सलाहले ८१ र ८४ औं मिनेटमा गोल गरेपछि लिभरपुल ७–० ले विजयी भयो। 

घरेलु मैदानमा ७ गोलको लज्जास्पद हारपछि लिगको १२ औं स्थानमा झरेको छ भने लिभरपुल ३१ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ। लिभरपुलले १४ खेलमा ९ जित, ४ बराबरी र एक हार बेहोरेको छ।