११ पुस, काठमाडौं । उखु किसानहरुले आज पनि माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।
चिनी मिलबाट उखुको बक्यौता रकम भुक्तानीको माग गर्दै किसानहरु आज पनि सडकमा निस्किएका हुन् । विभिन्न जिल्लाबाट आएका उखु किसानहरुले दुई सातादेखि काठमाडौंको माइतीघर मण्डलामा उखुको बक्यौता रकम पाउनुपर्ने माग गर्दै संघर्ष गरिरहेका छन् ।
चिनी मिल उद्योगीहरुले सबै किसानको भुक्तानी नदिएसम्म आन्दोलन जारी राख्ने किसानहरुले बताएका छन् । चिनी उद्योगीहरुबाट उखु किसानहरुले करिब ९० करोड रुपैयाँ भुक्तानी लिन बाँकी छ ।
सरकारले गत वर्ष चिनी उद्योगी र उखु किसानबीच एक महिना भित्रमा भुक्तानी दिने सम्झौता गराएको थियो ।
तर एक वर्ष सम्म चिनी उद्योगीबाट भुक्तानी नपाएपछि उखु किसानहरु यस वर्ष पनि माइतीघर मण्डला आएर प्रदर्शन गर्न बाध्य भएका हुन् ।
Tags :
सम्बन्धित खवर
नेकपाका नेता चुडामणि वली ‘आदर्श’ सहित १४ जना रिहा
४ वर्ष अगाडि
बुटवलको सडक विस्तार गर्न अदालतको आदेश
५ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्