Deprecated: Array and string offset access syntax with curly braces is deprecated in /home/geocomnp/test.geo.com.np/application/libraries/My_upload.php on line 2727
कोभिड-१९ ले सेवा प्रवाहमा पारेका प्रभाववारे अन्तरक्रिया - Janabato

कोभिड-१९ ले सेवा प्रवाहमा पारेका प्रभाववारे अन्तरक्रिया

राष्ट्रसेवक कर्मचारीले सेवालाईअगाडी बढ्नुपर्ने

कोभिड-१९ ले सेवा प्रवाहमा पारेका प्रभाववारे अन्तरक्रिया

अनिल नेपाली । पुष २३, सन्धिखर्क । निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियन जिल्ला कार्य समिति अर्घाखाँचीको आयोजनामा बिहिवार सदरमुकाम सन्धिखर्कमा ‘कोभिड १९ ले सेवा प्रवाहमा पारेको चुनौति र अवसर’ बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । 

कार्यक्रममा मन्तब्य राख्दै प्रमुख जिल्ला अधिकारी विष्णु पौडलले जनताको सेवा गर्ने राष्ट्र सेवक कर्मचारीले सेवा प्रवाहलाई कसरी जनमुखी बनाउन सकिन्छ भन्ने कुरालाई ध्यान दिई अगाडी बढ्नुपर्ने बताउनुभयो । पौडेलले राष्ट्रको विकास निर्माण लगायत हरेक क्षेत्रमा कर्मचारीहरुको अहम भुमिका रहेको भन्दै सोही अनुसार काम गर्नुपर्नेमा जोड दिनुभयो । कोराना नियन्त्रणमा कर्मचारीबाट उल्लेखनीय कार्य भएको भन्दै प्रजिअ पौडेलले केही कमजोरी भएतापनि त्यसबाट पाठ सिकेर झनै शसक्त भएर लाग्ने प्रतिवद्वता समेत व्यक्त गर्नुभयो ।

युनियनका जिल्ला अध्यक्ष झविन्द्र खनालको अध्यक्षता, उपाध्यक्ष बलराम मिश्रको स्वागत मन्तब्य र सचिब विवेक पन्तको सञ्चालनमा सम्पन्न  कार्यक्रममा जिल्ला समन्वय अधिकारी लक्ष्मी पाण्डे, कर्मचारी मिलन केन्द्रका अध्यक्ष खिम बहादुर राना, अर्घाखाँची उद्योग वाणिज्य संघका अध्यक्ष युवराज श्रेष्ठ, नेपाल पत्रकार महासंघका उपाध्यक्ष गणेश खनाल लगायतले मन्तव्य राख्दै बिषम परिस्थितमा पनि कर्मचारीहरुले उच्च मनोबलका साथ काम गरेको भन्दै प्रशंसा समेत प्रदान गर्नुभएको थियो । जिल्लास्थित सरकारी कार्यालयका प्रमुख र प्रतिनिधिहरुको सहभागिता रहेको कार्यक्रममा जिल्लामा भर्खर मात्र सरुवा भै आउनुभएका कर्मचारीहरुलाई स्वागत समेत गरिएको थियो ।