चुनाव जितेर प्रधानमन्त्री बन्न प्रचण्डलाई रायमाझीको चुनौती

कार्यक्रममा नेताहरुद्धारा प्रचण्डमाथि प्रहार

चुनाव जितेर प्रधानमन्त्री बन्न प्रचण्डलाई रायमाझीको चुनौती

माघ ३, सन्धिखर्क । नेकपा (नेकपा) अर्घाखाँचीले शनिवार जिल्लामा शक्ति प्रदशन गरेको छ । नेकपा(नेकपा) जिल्ला कमिटी अर्घाखाँचीको आयोजनामा सन्धिखर्कको टुडिखेलमा भएको बृहत कार्यकर्ता भेला मार्फत् शक्ति प्रदशन गरेको हो । हजारौ सगठित कार्यकतौ जिल्लामा उतारी आफनो शक्ति बलियो रहेको देखाएको छ ।  

ऊर्जा मन्त्री तथा नेकपा स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले एकीकृत भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल र माधव नेपालले पद लुप्ताले विभाजनको संघारमा पुगेको आरोप लगाए । आफैंनै पार्टीका अध्यक्ष केपी ओलीको नेतृत्वमा रहेको सरकारलाई अश्विासको प्रस्ताव ल्याई सडकमा पुर्याउँछु भन्दा दाहाल–नेपाल आफैं सडकमा पुगेको उनले दाबी गरे ।

नेकपा (नेकपा) ओली पक्षीय जिल्ला भेलालाई शनिबार सन्धिखर्कमा सम्बोधन गर्दै मन्त्री रायमाझीले दाहाल प्रधानमन्त्री, माधव नेपाल पार्टी अध्यक्ष र झलनाथ खनाल राष्ट्रपति कसरी हुने भन्ने बाहेक पार्टी र जनता प्रति कहिल्यै नसोचेको जिकिर गरे । 

निर्वाचनमा गए जनताले नपत्याउने भन्दै दाहाल नेपाल अहिले सडकमा हामी यहाँ छौ भन्दै रोइलो गर्नुपरेको बताए । ‘सरकारलाई सफल पार्ने, देशलाई समृद्धितर्फ लैजाने पार्टी एकता मजबुत बनाउने चिन्ता कहिल्यै भएन,’ उनले भने, ‘खालीँ ओलीलाई अपदस्थ गरेर प्रधानमन्त्री र पार्टी अध्यक्ष हुने लोभ मात्र ३ वर्ष वितेको बताए ।  वैशाखमा हुने चुनाव जितेर प्रधानमन्त्री बन्न दाहाललाई रायमाझीले चुनौती दिए । 

लुम्विनी प्रदेशका मुख्यमन्त्री शंकर प्रोखरेल पुष्पकमल दाहाल र माधव नेपालले सुर्य पनि नपाउने, नेकपा(नेकपा) पनि नपाउने दावी गरे । पार्टीभित्र बहुमत केन्द्रिय सदस्य आफनो पक्षमा रहेको भन्दै प्रचन्ड नेकपा(नेकपा)को द्रोस्रो अध्यक्ष अहिले पनि रहेको जिकिर गरे ।  

प्रचण्डको ढाडमा टेकेर टाउको हान्ने रणनीति अनुसार माधवको ढाड टेकेर पार्टी अध्यक्ष वलीको टाउको हान्दा खोज्दा सडकमा जानु परेको बताए । सरकार गठन हुनुदेखि नै प्रचण्ड, माधव पार्टी अध्यक्षलाई कमजोर बनाउन तानावाना बुनी अन्तिम विकल्पको रुपमा कांग्रेसको केहि समुहसंग मिलेर अविश्वासको प्रस्ताव दर्ता गर्न खोज्दा प्रधानमन्त्रीले जनतामा जाने निर्णय गर्नुपरेको स्पष्ट्र पारे । 

पाँच वर्षसम्म रहने प्रतिनिधी सभा ३ वर्षमा विघटन गर्नु परेको भन्दै प्रतिनिधी सभा विघटनले परिवर्तनका एजेन्डा गणतन्त्र संघीयता केहि नगुम्ने बताए । चुनाव रोक्न निर्वाचन कार्यालय धाउने प्रचन्ड, माधवलाई निर्वाचनमा विश्वास नभएको बताउँदै जनताले मत नआउने स्थिति आँकलन गरेर जनता भन्दा सडक प्यारो लागेको टिप्पणी गरे ।  अभियोग पत्र फिर्ता र निर्वाचनमा जाने सहमति गरे प्रचण्ड नेपालसँग सहकार्य गर्न सकिने उहाँको भनाई रहेको छ । संसद पुनस्थापना नहुदै भन्दै निर्वाचनको तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन दिए । 

नेपाल सरकार खानेपानी तथा सरसफाई मन्त्री तथा नेकपा (नेकपा)मा स्थायी कमिटी सदस्य मणि थापाले प्रचण्ड सरकार भन्दा बाहिर बस्न नसक्ने व्यक्ति भएका कारण नेकपा(नेकपा) फुटको संघारमा पुगेको बताए । 

प्रचण्ड निर्माण भन्दा विघटन गर्न सिपालु रहेको भन्दै सग्लो रहेको.माओवादी विघटन गरि बलियो रहेको एमालेलाई समेत विघटन गर्न सफल भएको बताए । आफुहरुलाई प्रचण्डले जहिले पनि छलाङ्ग मार्नुपछ भन्दै आएको स्मरण गदै अहिले पुर्व एमालेभित्रको अन्तरविरोधमा खेलेर नेकपा(नेकपा) तहसनहस पारी छलाङ्ग मारेको व्यङ्ग गरे । 

नेकपा (नेकपा) जिल्ला कमिटीका अध्यक्ष चेतनारायाण आचार्यको अध्यक्षता, लुम्विनी प्रदेश सदस्य विधान रायमाझीको सञ्चालन र जिल्ला कार्यालय सदस्य पिताम्वर भुसालको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।