एजेन्सी । भारतीय मोदी सत्ताले दमन गर्दै आइरहेको किसानहरुमा आन्दोलन उत्कर्षमा पुगेको छ । कृषिसम्बन्धी कानुनको विरोधमा भइरहेको किसान आन्दोलनले भारतमा उथलपुथल भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार भारतको गणतन्त्र दिवसका दिन मंगलबार किसानले निकालेको ट्याक्टर र्यालीका क्रममा झडप हुँदा ८६ प्रहरी घाइते भएका छन्।
यस्तै सडकमा राखिएको बार तोडेर ट्याक्टर लान खोज्दा दुर्घटना भएर एक किसानको मृत्यु भएको छ। उनी उत्तराखण्डस्थित बाजपुरका किसान नवनीत थिए। उनको शव राखेर मंगलबार साँझसम्म किसानले धर्ना दिएका थिए। प्रहरीले ट्याक्टर र्यालीका लागि दिउँसो १२ बजेदेखि साँझ ५ बजेसम्मको समय सीमा र रुढ तोकिदिएको पनि किसानले त्यसभन्दा अघि नै र्याली निकालेका थिए।
किसान बिहान साढे ८ बजे नै ट्याक्टरसहितको जुलुस निकालेर राजधानी दिल्लीमा जबर्जस्ती प्रवेश गरेका थिए। दिनभर भएको झडपमा ८६ प्रहरी घाइते भएका हुन्। दिल्लीमा मंगलबार भएको हिंसापपछि गृहमन्त्री अमित शाहले उच्चस्तरीय बैठक बोलाए। उनले राजधानीमा अर्धसैनिक बलका अतिरिक्त कम्पनीलाई पनि पठाउन आदेश दिए। दिल्ली प्रहरीलाई स्थिति नियन्त्रणमा लिन आदेश दिए।
यस मामिलामा दिल्ली प्रहरीले ७ जनाविरुद्ध एफआरआई (उजुरी) दर्ता गराएको छ। यस्तै दिल्लीमा भएको हिंसापछि हरियाणा राज्यले आपतकालीन मन्त्रिपरिषद् बैठक बोलायो। मुख्यमन्त्री खट्टरले प्रहरीलाई हाई अलर्टमा बस्न निर्देशन दिए। साथै किसानलाई घर फर्किन अपिल पनि गरे।
प्रतिक्रिया राख्नुहोस्