माघ १७, कपिलवस्तु । अखिल नेपाल महिला संघ क्रान्तिकारीको कपिलवस्तु जिल्ला भेला सम्पन्न भएको छ ।
भेलालाई सम्बोधन गर्दै संगठनका संयोजक बन्धु चन्दले महिलामाथि शोषण, हिंसा र उत्पीडनका विरुद्ध सम्पूर्ण महिलाहरुले एकीकृत भएर संघर्ष गर्नुपर्ने भन्दै त्यसका लागी संगठनमा आबद्ध हुनुपर्ने बताइन् । उनले महिलाहरुको वास्तविक मुक्ति वैज्ञानिक समाजवादमा मात्र सम्भव हुने बताउदै दलाल राज्यसत्ता विरुद्ध संघर्षको विकल्प नभएको बताइन् ।
कार्यक्रममा नेकपा कपिलवस्तुका जिल्ला सेक्रेटरी शेरमान, संगठनकी लुम्बिनी ब्युरो संयोजक ममतालगायतले बोल्दै महिला मुक्ति एकीकृत जनक्रान्तिमार्फत् हुने बताएका थिए ।
भेलाले ९ सदस्यीय जिल्ला समिति गठन गरेको बताइएको छ । संगठनले राष्ट्रिय सम्मेलन गर्ने घोषणा समेत गरिसकेको छ ।
Tags :
सम्बन्धित खवर
राज्यबाटै लखेटिएका सुकुमबासी
५ वर्ष अगाडि
नेकपाका भातृ संगठनहरूद्धारा बाह्र किलोमा श्रमदान
५ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्