आमहड्तालको पुर्वसन्ध्यामा सन्धिखर्कमा मसाल जुलुस

असबैधानिक कदमको प्रतिवाद गछौैं :चौहान 

आमहड्तालको पुर्वसन्ध्यामा सन्धिखर्कमा मसाल जुलुस

अनिल नेपाली । अर्घाखाँची २१ माघ । आमहडतालको पूर्व सन्ध्यामा नेकपा (नेकपा) प्रचण्ड–माधव समूहले अर्घाखाँचीको सन्धिखर्कमा मसाल जुलुस निकालेका छ ।

बुधबार साँझ सन्धिखर्कका विभिन्न चोकचोकबाट निस्किएको मसाल जुलुस शान्ति बगैचामा पुगेर कोण सभामा परिणत भएको थियोे । कोणासभालाई सम्बोधन गदै नेकपा(नेकपा)का नेता तथा संघर्ष समितिको संयोजक रामबहादुर चौहानले  प्रधानमन्त्रीले सविधानको अवज्ञा गर्दै प्रतिनिधिसभा विधटन गर्नु सरकारले संवैधानिक निकायहरुको नियुक्तिमा बलमिच्याई गरेको भन्दै तत्काल खारेज गर्न माग गर्दै देशमा २५० वर्षको राजतन्त्र १४ दिनको जनआन्दोलनले समाप्त गरेको स्मरण गरेका छन् ।

उनले खड्क ओलीको ३ वर्षको तानाशाह समाप्त गर्न १४ मिनेट पनि नलाग्ने बताउदै प्रतिगामी असबैधानिक कदमका विरुद्धमा सबै राजनीतिक दल नागरिक समाज मानवअधिकारकर्मी व्यापारी सबै सडकमा आउनुपर्ने बताएका थिए ।

प्रचण्ड–माधव समूहले बिहीबार देशव्यापी आमहड्तालको घोषणा गरेको छ । कार्यक्रमलाई नेकपा(नेकपा)का युवा नेता ठाकुर विक, सौगात लगायतका नेताले सम्वोधन गरेका थिए ।