भट्टको हत्या विरुद्ध संघर्षमा उत्रिऔं : अनेमसंघ क्रान्तिकारी

हत्यारालाई कारवाही गर्न संघर्षमा उत्रिन अपिल

भट्टको हत्या विरुद्ध संघर्षमा उत्रिऔं  : अनेमसंघ क्रान्तिकारी

माघ २३, बुटवल । अखिल नेपाल महिला संघ क्रान्तिकारी सेती–महाकाली क्षेत्रीय समन्वय समितिले बैतडी जिल्लाको दोगडाकेदार गाउँपालिका–०७ सनातन धर्म माध्यमिक विद्यालय कक्षा १२ मा अध्ययनरत १७ वर्षीया भागरथी भट्टको हत्यारालाई कारवाही गर्न संघर्षमा उत्रिन अपिल गरेको छ । 

संगठनकी व्युरो संयोजक पूर्णिमा धामीले शुक्रबार एक वक्तव्य जारी गर्दै मानविय संवेदनाका सम्पुर्ण मुल्यमान्यताहरुको देहावसान गराउने यस्तो क्रुर, हिंसक र जघन्य अपराधको घटनामा संलग्न अपराधीलाई कठोर सजाय दिन माग गरेकी छन् । 

वक्तव्यमा भनिएको छ,“मानविय संवेदनाका सम्पुर्ण मुल्यमान्यताहरुको देहावसान गराउने यस्तो क्रुर, हिंसक र जघन्य अपराधको घटनामा संलग्न अपराधीलाई कठोर सजाय माग गर्दछौं । साथै सम्पूर्ण महिला दिदिबहिनीहरु र आम जनसमुदाय लाई यस्तो अभिव्यक्त गर्न नसकिने पिडादायी र क्रुर महिला हिंसाका घटनाहरु सधैंका लागि समाप्त पार्ने  संघर्षमा उत्रिन अपिल गर्दछौं ।”