प्रदिप राहादी मगर । माघ २७, बुटवल । नेकपा निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) लुम्बिनी वाणिज्य क्याम्पस इकाई समिति, रूपन्देहीले रोकिएको बि.बि.एस. कार्यक्रमको फार्म तत्काल खुल्ला गर्न र सम्पुर्ण कार्यक्रमका शुल्कहरू आम सर्वसाधारण विद्यार्थीको पहुँचमा हुनेगरि समायोजन गर्न माग गर्दै एक विज्ञप्ति जारी गरेको छ ।
बि.बि.एस. कार्यक्रमकै धरातलमा रहेर क्याम्पसले विभिन्न पुरस्कारहरू प्राप्त गरेको र क्याम्पस हालको अवस्थामा आइपुग्नमा BBS कार्यक्रमको ठुलो र महत्त्वपूर्ण भूमिका रहेको भन्दै लुम्बिनी वाणिज्य क्याम्पसका इकाई समितीका अध्यक्ष नयन अर्यालद्वारा विज्ञप्तिमा बि.बि.एस कार्यक्रमको फार्म तत्काल खुल्ला गर्न र शुल्क समायोजन गर्न विज्ञप्ति जारी गरेको हो ।
अध्यक्ष नयन अर्यालद्वारा जारी विज्ञप्तिमा भनिएको छ : "हाम्रो महान तथा गौरवशाली संगठन अखिल (क्रान्तिकारी) स्थापना कालदेखि नै शैक्षिक क्षेत्रमा देखिएका बेथिति, विकृति, विसङ्गतिको विरुद्ध आवाज उठाउँदै र सशक्त भैई वैज्ञानिक समाजवादी शिक्षाका लागि बहस, छलफल र संघर्ष गर्दै आएको छ । हाम्रो माग भनेको सर्वसुलभ शिक्षा हो । विगत २५ बर्ष देखि संचालन भएको BBS कार्यक्रम र त्यसकै धरातलमा रहेर हाम्रो क्याम्पसले विभिन्न पुरस्कारहरू पाएको कुरा पनि अवगत छ, र अहिले सम्म हाम्रो क्याम्पस यो अवस्थामा आइपुग्नमा BBS कार्यक्रमको ठुलो र महत्त्वपूर्ण भूमिका रहेको सबैलाई अवगत नै छ ।
त्यसैले सामुदायिक क्याम्पसलाई AUTONOMUS (स्वयसत्ता) को नाममा व्यवसायीकिरण नगरियोस् । रोकिएको BBS कार्यक्रमको फार्म यथाशीघ्र खुल्ला गरियोस्, र सम्पुर्ण कार्यक्रमका शुल्कहरू आम सर्वसाधारण विद्यार्थीको पहुँचमा हुने गरि समायोजन गरियोस् । अन्ततः हाम्रो माग भनेको "सर्वसुलभ शिक्षा" नै हो । हाम्रो माग समय मै सम्बोधन गरियोस् यदि यी मागलाई बेवास्ता गरिएमा हाम्रो संगठन थप सशक्त कदम चाल्न बाध्य हुनेछ । "
प्रतिक्रिया राख्नुहोस्