ओलीको कदमविरुद्ध कांग्रेसको देशभर प्रदर्शन

देशभरका विभिन्न जिल्लामा विरोध प्रदर्शन

ओलीको कदमविरुद्ध कांग्रेसको देशभर प्रदर्शन

फागुन ३, बुटवल । संसद विघटन गर्ने केपी ओलीको कदमविरुद्ध नेपाली कांग्रेसले सोमबार देशैभर प्रदर्शन गरेको छ।

नेपाली कांग्रेसले देशभरका विभिन्न जिल्लामा विरोध प्रदर्शन गरेको  हो । नेपाली कांग्रेसले गत माघ १३ गतेको निर्णयअनुसार नै जिल्ला समितिको आयोजनामा ७७ वटै जिल्लामा विरोध प्रदर्शन गर्ने जनाएको थियो ।

कांग्रेसले संसद विघटनको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेको छ । कांग्रेसले यसअघि पुस १३ देखि माघ २४ गतेसम्मको अवधिमा विरोध प्रदर्शन गरेको थियो । आज हुने प्रदर्शनलाई पनि घरघरबाट सहभागी भएर सफल पार्न सभापति देउवाले अपिल गरेका थिए ।

जिल्लामा प्रदर्शनपछि हुने विरोध सभालाई कांग्रेसका शीर्ष नेताहरूले सम्बोधन गरेका छन भने पूर्व निर्धारित कार्यक्रमअनुसार सभापति शेरबहादुर देउवाले बुटवलमा हुने सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको कांग्रेसले जनाएको छ ।