फागुन १०, बुटवल । गोरखाको बारपाक सुलिकोट गाउँपालिका–१ बारपाकमा एकै परिवारका तीन जना मृत अवस्थामा फेला परेका छन् ।
८४ वर्षीय टिल बहादुर गुरुङ, उनकी २२ वर्षीया बुहारी आइत कुमारी गुरुङ र १३ वर्षीया नातिनी उषा गुरुङ सोमवार बिहान घरमै मृत फेला परेको प्रहरीले जनाएको छ ।
‘बिहान अवेरसम्म पनि घरको ढोका नखुलेको र मान्छेको चहलपहल पनि नभएपछि गाउँलेले ढोका खोलेर हेर्दा तीनै जना मृत अवस्थामा देखेछन्,’ एसपी सुरेन्द्र बहादुर गुरुङले अनलाइनखबरसँग भने, ‘हामीलाई खबर गरेपछि बारपाकको टोली घटनास्थल पुगेको छ ।’
मृतकहरुको मुखबाट फिज आएकाले विषालु च्याउ खाएर ज्यान गएको हुन सक्ने अनुमान गरिएको एसपी गुरुङले बताए । उनले भने,‘जौबारीबाट थप प्रहरी टोली घटनास्थलतर्फ जाँदै छ, पोष्टमार्टमपछि मृत्युको कारण खुल्छ,’ ।
Tags :
सम्बन्धित खवर
युवा संगठन नेपाल मकवानपुरद्वारा दीप प्रज्वलन
४ वर्ष अगाडि
जनपत्रकार संगठन गुल्मीको प्रथम भेला
५ वर्ष अगाडि
ट्याक्टरबाट खसेर सहचालककाे मृत्यु
५ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्