आज कपिलवस्तुको शिवगढीमा ‘विप्लव’ले सम्बोधन गर्ने

अखिल नेपाल महिला संघ (क्रान्तिकारी)को ७ औं राष्ट्रिय सम्मेलन

आज कपिलवस्तुको शिवगढीमा ‘विप्लव’ले सम्बोधन गर्ने

फागुन २४, बुटवल । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले आज १११ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा कपिलवस्तुको शिवगढीमा हुने अखिल नेपाल महिला संघ (क्रान्तिकारी)को ७ औं राष्ट्रिय सम्मेलनको उद्धघाटन समारोहलाई सम्बोधन गर्ने जनाइएको छ ।

उक्त उद्धाटन समारोहलाई नेपाल कम्युलिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले सम्बोधन गर्ने जनाइएको हो ।

'महिला हिंसा र फासीवादी दमनका विरुद्ध हाम्रो आन्दोलन,  वैज्ञानिक समाजवादी व्यवस्थाको पक्षमा सातौं राष्ट्रिय सम्मेलन'  भन्ने मूल नारासहित हुने उक्त सम्मेलनको उद्धाटन समारोहमा नेकपाका महासचिव, पार्टीका शीर्ष नेताहरू लगायत आम जनसमुदायको पनि उपस्थिती रहने र कार्यक्रमको तयारी भैरहेको आयोजकले जनाएको छ ।