फागुन २८, पाल्पा । पाल्पामा थप ८ जनामा कोरोना संक्रमण देखिएको छ । तानसेन नगरपालिकाका ४, रामपुरका २, पूर्वखोलाका र बगनासकाली गाउँपालिकाका १-१ जनामा कोरोना संक्रमण देखिएको हो ।
स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीका अनुसार गत फागुन १८ गतेदेखि २८ गतेको बीचमा ८ जनामा कोरोना संक्रमण देखिएको हो । ५३६ जनाको कोरोना परीक्षण गरिएकोमा ८ जनालाई मात्र संक्रमण देखिएको हो ।
यो सँगै पाल्पाका कोरोना संक्रमित हुनेको संख्या १ हजार ९५३ जना पुगेको छ । जसमध्ये १० जनाबाहेक सबै कोरोना संक्रमणमुक्त भईसकेका छन् । कोरोना संक्रमित ३५ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयको तथ्यांकमा उल्लेख छ ।
Tags :
सम्बन्धित खवर
१३ देशमा कोरोना भाइरसको नयाँ प्रजाती
५ वर्ष अगाडि
अर्घाखाँचीमा थप ४९ जना कोरोना सङ्क्रमित
५ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्