स्व. घिमिरेप्रति हार्डवेयर समितिको सम्मान

घिमिरेले संस्थागत विकासमा योगदान पु¥याएको

स्व. घिमिरेप्रति हार्डवेयर समितिको सम्मान

बुटवल । बुटवल उद्योग वाणिज्य संघ रुपन्देही अन्तरगत गठित हार्डवेयर वस्तुगत समितिले समितिका पूर्व अध्यक्ष स्व. दिनेश घिमिरेलाई मरणोपरान्त सम्मान गरेको छ । हार्डवेयर व्यवसायको विकास प्रवद्र्धन तथा संस्थागत विकासमा योगदान पु¥याएको भन्दै स्वर्गीय घिमिरेलाई सम्मान गरिएको हो । 

हार्डवेयर वस्तुगत समितिले नयाँ वर्षको अवसरमा सोमबार साँझ आयोजना गरेको शुभकामना आदान प्रदान, क्यालेण्डर विमोचन तथा सम्मान कार्यक्रममा स्वर्गीय घिमिरेकी धर्मपत्नी सीता घिमिरे (मरासिनी)लाई सम्मान पत्र सहित दोसल्ला ओढाएर सम्मान गरेको हो । उहाँलाई बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले सम्मान गर्नुभएको हो । 

तत्कालिन हार्डवेयर वस्तुगत समितिका सभापति समेत रहनुभएका बुटवल कालिकानगर निवासी घिमिरेको गत पुस १४ गते हृदयघातका कारण निधन भएको थियो । त्यसै अवसरमा उक्त बस्तुगत समितिले बुटवल उद्योग बाणिज्य संघमा नवनिर्वाचित कार्यसमिति र हार्डवेयर बस्तुगत समितिको नवगठित कार्यसमितिलाई समेत सम्मान गरिएको थियो । 

कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले व्यवसायिक समस्या समाधानको लागि संघले पहल र पैरवी गर्दै आएको जानकारी गराउँदै पछिल्लो समयमा बुटवलको मुख्यराजमार्गमा सर्भिसलेन फराकिलो गराउन पहल गर्दै आएको र राजमार्गका भत्काईएका घरको बहाल कर छुट गर्न र ती घरमा भएका व्यवसायको व्यवसाय कर छुटको लागि पहल गरिरहेको जानकारी गराउनु भयो । उहाँले संघलाई फण्ड संकलन गर्नको लागि वस्तुगत समितिलाई लक्षित गरेर एक सभापति एक मेलाको अवधारणा अगाडि सारेको बताउँदै यो अभियानमा सबैको साथ र सहयोग प्राप्त हुने समेत विश्वास व्यक्त गर्नुभयो ।

हार्डवेयर वस्तुगत समितिका सभापति अनिलप्रसाद गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा बुटवल उद्योग बाणिज्य संघका सल्लाहकार पुर्व अध्यक्ष निर्मलप्रसाद लाकौल, संघका कार्यसमिति सदस्य तथा हार्डवेयर वस्तुगत समितिका सभापति दीपक चापागाई, समितिका उपसभापति राजन पाण्डे, सचिव धर्मेन्द्र कसौधन लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । त्यस अवसरमा भित्तेपात्रो (क्यालेण्डर)मा विज्ञापन दिने विज्ञापनदातालाई समेत सम्मान गरिएको थियो ।