गुल्मी कारागार भित्रै कर्मचारी पाण्डेले गरे आत्महत्या 

पटक पटक बिष सेवन गरी आत्म हत्याको प्रयार गर्ने गरेको

गुल्मी कारागार भित्रै कर्मचारी पाण्डेले गरे आत्महत्या 

गुल्मी । जिल्ला कारागार कार्यालय गुल्मीका कार्यालय सहयोगीले कार्यालय भित्रै डोरीको पासो लगाई आत्म हत्या गरेको समाचार प्राप्त भएको छ ।

जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर–१० सिमीचौरका ४४ बर्षिय गोबिन्द प्रसाद पाण्डेले मंगलबार बिहान करिब ८ बजेतिर कार्यालयकै एक क्याविनमा डोरीको पासो लगाई आत्म हत्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए । आत्म हत्या गर्नुको कारण भने नखुलेको र घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कार्यालय सहयोगी पाण्डेले यस अगाडी पनि पटक पटक बिष सेवन गरी आत्म हत्याको प्रयार गर्ने गरेको प्रहरीले जनाएको छ । पाण्डेले अत्याधिक मदिरा सेवन गर्ने गरेको पनि प्रहरीे जनाएको छ ।