कपिलवस्तु । नेकपा निकट अखिल नेपाल किसान महासंघ क्रान्तिकारी, कपिलवस्तुले आइतबार धान दिवस कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा महासंघका केन्द्रीय उपाध्यक्ष कर्ण सेनले किसानका मुक्तिको लागि किसान आन्दोलनलाई थप उचाईमा उठाउनुपर्ने बताए । उनले दलाल र माफियाहरूको सम्पत्ति राष्ट्रियकरण गर्नुपर्ने बताए ।
कार्यक्रममा नेकपा कपिलवस्तु जिल्ला सेक्रेटरी शेरमान, थारू मुक्ति मोर्चाका केन्द्रीय अध्यक्ष संघप्रसाद थारुले बोलेका थिए भने विभिन्न नेता–कार्यकर्ता तथा स्थानियहरूको उपस्थिति रहेको थियो ।
महासंघका कपिलवस्तु जिल्ला अध्यक्ष गणेश पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन मङ्गल थारुले गरेका थिए ।
Tags :
सम्बन्धित खवर
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्