कपिलवस्तु । सरकारले सार्वजनिक यातायातमा गरेको भाडाबृद्धि विरुद्ध युवा संगठन नेपालले कपिलवस्तुमा गरेको अनुगमनको क्रममा ८ जना युवाहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
युवा संगठन नेपालको केन्द्रीय कार्यक्रम अन्तर्गत संगठनले कपिलवस्तुमा अनुगमन गरेको हो । सार्वजनिक बसमा यात्रा गरिरहेका यात्रुहरुले अत्यधिक भाडा लिएको गुनासो गरेपछि युवा संगठनले अनुगमन गर्ने क्रममा प्रहरीले पक्राउ गरेको बताइएको छ ।
जिल्ला अध्यक्ष बादलको नेतृत्वमा अनुगमनका लागी सार्वजनिक यातायातका कर्मचारी र यात्रुसँग कुराकानी गर्दा प्रहरीले पक्राउ गरेको बताइएको छ । पक्राउ परेका संगठनका युवाहरुलाई विनाशर्त तत्काल रिहाई गर्न लुम्बिनी ब्युरो इन्चार्ज विश्लेषणले बताएका छन् ।
Tags :
सम्बन्धित खवर
भारतमा मोदी सत्ता विरुद्ध किसानद्धारा चक्काजाम
५ वर्ष अगाडि
नेकपा बकैया गाउँपालिकाको गाउँ विशेष तेस्रो भेला
४ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्