अनिल नेपाली । चैत ४, अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगर कार्यपालिकाको आवधिक योजना तर्जुमा सम्बन्धि २ दिने कार्यशाला गोष्ठी नरपानीमा सम्पन्न भएको छ ।
५ बर्षे कार्य योजना निर्माण गर्दै कृषि , पशुपालन, पर्यटन, सडक निर्माण तथा स्वच्छ बजार निर्माणलाई पहिलो प्राथमिकतामा राखेर आवधिक योजना बनाउने विषयमा कार्यशालामा ब्यापक रुपमा छलफल भएको थियो । सन्धिखर्क नगरपालिकाको आयोजना र ट्रेड एण्ड नेपाल इन्जिनीयरिंग प्रालीको सहयोगमा सम्पन्न भएको कार्यशालामा नगरपालिकाको कार्यपालिकाका सदस्य, विषयगत समितिका सदस्यहरु , नगर भित्रका राजनितिक दल, सञ्चारकर्मि र सरोकारवालाहरुको सहभागिता रहेको थियो ।
कार्यशालामा भौतिक पुर्वाधार विकास समिति, सामाजिक विकास समिति, वन वातावरण तथा विपद ब्यबस्थापन समिति र आर्थिक विकास समिति गरी ४ वटा समितिहरुले ५ बर्ष सम्म नगरपालिकामा गर्ने योजनाहरु प्रस्तुत गरेको ट्रेड एण्ड नेपाल इन्जिनीयरिंग प्रालीका निर्देशक उदय भट्टराईले बताउनु भयो । नगरपालिका भित्र प्रचुर सम्भावना बोकेको कृषि, पशुपालन, पर्यटन, सडक निर्माण लगायत समृद्ध सन्धिखर्क निर्माण गर्ने गरी आबधिक योजनामा छलफल भएको सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसालले बताउनु भयो । योजना विज्ञ बुद्धिमान श्रेष्ठले सहजीकरण गरेको कार्यक्रममा नगर उपप्रमुख ठाकुर कुमार विक, जिल्ला समन्वय अधिकारी लक्ष्मी पाण्डे, प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटा, नेकपाका श्रीकृष्ण भुसाल, नेपाली कांग्रेसका नगर सभापति विनोद आचार्य, नेकपाका वडा अध्यक्षहरु युवराज बन्जाडे, मोतिजंग रायमाझि , लिलाराम गौतम, कृष्ण प्रसाद श्रेष्ठ, राजेन्द्र भुसाल, कृष्ण बहादुर आचार्य, प्रितम थापा, देववहादुर थापा, लक्ष्मीनारायण चुँदाली, ध्रुब आचार्य, नारायण खड्का लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रम शाखा अधिकृत मञ्जु खनालको सञ्चालनमा सम्पन्न भएको हो । नगरपालिकालाई पर्यटक आर्कषणको केन्द्र बनाउने नगर प्रमुख भुसाल सन्धिखर्क नगरपालिकाले वडा नम्वर ६ नरपानीमा रहेको पिकनिक स्पटमा एक कार्यक्रमका बीचमा नगर प्रमुख कमल प्रसाद भुसाल, उपप्रमुख ठाकुर कुमार बिक, प्रमुख प्रशासकिय अधिकृत कृष्णप्रसाद सापकोटा, सबै वडाका वडाध्यक्षहरु कार्यपालिका सदस्यहरु पत्रकार लगाएतको उपस्थितिमा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा मन्तब्य राख्दै नगर प्रमुख कमल प्रसाद भुसालले पर्यटकीय सम्भावना रहेको नगरपालिकालाई हराभरा सुन्दर नगरपालिका पर्यटक आकर्षणको केन्द्र बनाउनको लागि सबै लाग्नुपर्ने बताउँदै अब नगरपालिकालाई ग्रिन सिटी नगरपालिकाको रुपमा चिनाउनुपर्ने बताउनुभएको थियो कार्यक्रममा उपप्रमुख ठाकुर कुमार विक किशोर प्रमुख प्रशासकिय अधिकृत कृष्णप्रसाद सापकोटा लगायतका बक्ताले कार्यक्रममा मन्तब्य राख्नुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्