Deprecated: Array and string offset access syntax with curly braces is deprecated in /home/geocomnp/test.geo.com.np/application/libraries/My_upload.php on line 2727
बुटवलमा २३ औं सांस्कृतिक प्रतिरोध दिवस मनाइदैँ - Janabato

बुटवलमा २३ औं सांस्कृतिक प्रतिरोध दिवस मनाइदैँ

केन्द्रीय सामना सांस्कृतिक परिवार र क्षितिज सांस्कृतिक परिवारको विविध साङ्गीतिक प्रस्तुति रहने

बुटवलमा २३ औं सांस्कृतिक प्रतिरोध दिवस मनाइदैँ

चैत ४, बुटवल । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल जनसांस्कृतिक महासंघ, केन्द्रीय समितिको आयोजनामा चैत ५ गते बुटवलमा २३ औं सांस्कृतिक प्रतिरोध दिवसको रूपमा विविध कार्यक्रम आयोजना गरिएको आयोजकले बताएको छ । 

कार्यक्रममा केन्द्रीय सामना सांस्कृतिक परिवार र क्षितिज सांस्कृतिक परिवारको विविध साङ्गीतिक प्रस्तुति रहने बताइएको छ । साथमा विभिन्न स्रष्टाहरूद्धारा रचना वाचन पनि हुने जनाइएको छ । 

कार्यक्रम बुटवलस्थित ट्राफिक चोकमा दिउँसो १ बजे आयोजना गरिएको बताइएको छ । 

जनताको गीत गाउँदै हिँड्नेक्रममा महासङ्घका केन्द्रीय सदस्य च्याङ्बा लामासहित सातजना कलाकारहरूलाई तत्कालीन सत्ताले नियन्त्रणमा लिएर जिउँदै आगो झोसेर हत्या गरेको दिनलाई प्रतिनिधिमूलक दिनको रूपमा अखिल नेपाल जनसांस्कृतिक महासङ्घले हरेक वर्षको चैत ५ लाई सांस्कृतिक प्रतिरोध दिवसको रूपमा मनाउँदै आएको छ । महासंघले रोल्पाको भाबाङलगायतका सामूहिक हत्याकाण्ड र देशैभरका सांस्कृतिक सहिदलाई सम्मान गर्ने र उनीहरूका सपनालाई पूरा गर्नका लागि प्रण गर्ने दिनको रूपमा यो दिवस निरन्तर मनाउँदै आएको छ ।

उक्त कार्यक्रमको प्रत्यक्ष प्रसारण जनबाटो अनलाइन फेसबुक पेजबाट हुने छ ।