Deprecated: Array and string offset access syntax with curly braces is deprecated in /home/geocomnp/test.geo.com.np/application/libraries/My_upload.php on line 2727
२३ औँ सांस्कृतिक प्रतिरोध दिवसको सन्दर्भमा कविता गोष्ठी  - Janabato

२३ औँ सांस्कृतिक प्रतिरोध दिवसको सन्दर्भमा कविता गोष्ठी 

कविता वाचनका लागि  मार्क्सवादी कविहरूको उपस्थिती रहने

२३ औँ सांस्कृतिक प्रतिरोध दिवसको सन्दर्भमा कविता गोष्ठी 

चैत ४, बुटवल । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल जनसांस्कृतिक महासंघको आंगिक संगठन अखिल नेपाल लेखक संघको केन्द्रीय समितिले २३ औँ सांस्कृतिक प्रतिरोध दिवसको सन्दर्भमा चैत ५ गते  काठमाडौँमा कविता गोष्ठी आयोेजना गरिएको आयोजकले बताएको छ ।

कार्यक्रममा राष्ट्रियता, जनतन्त्र, जनजीविका तथा वैज्ञानिक समाजवादका पक्षमा सिर्जित कविता वाचनका लागि  मार्क्सवादी कविहरूको उपस्थिती रहने बताइएको छ । 

उक्त कार्यक्रम काठमाडौँ अनामनगरस्थित संवाद डबलीको हलमा दिउँसो १ः३० बजे आयोजना गरिएको बताइएको छ ।

जनताको गीत गाउँदै हिँड्नेक्रममा महासङ्घका केन्द्रीय सदस्य च्याङ्बा लामासहित सातजना कलाकारहरूलाई तत्कालीन सत्ताले नियन्त्रणमा लिएर जिउँदै आगो झोसेर हत्या गरेको दिनलाई प्रतिनिधिमूलक दिनको रूपमा अखिल नेपाल जनसांस्कृतिक महासङ्घले हरेक वर्षको चैत ५ लाई सांस्कृतिक प्रतिरोध दिवसको रूपमा मनाउँदै आएको छ । महासंघले रोल्पाको भाबाङलगायतका सामूहिक हत्याकाण्ड र देशैभरका सांस्कृतिक सहिदलाई सम्मान गर्ने र उनीहरूका सपनालाई पूरा गर्नका लागि प्रण गर्ने दिनको रूपमा यो दिवस निरन्तर मनाउँदै आएको छ ।