अर्घाखाँचीमा फोहोर वर्गीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न 

फोहोरलाई कसरी वर्गीकरण गर्ने र व्यवस्थापन गर्ने भन्ने विषयमा अभिमुखीकरण प्रदान

अर्घाखाँचीमा फोहोर वर्गीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न 

अनिल नेपाली । चैत ५, अर्घाखाँची । सन्धिखर्क नगरपालिका अर्घाखाँचीको वडा नम्वर–२ चुत्राबेसीमा फोहोर वर्गीकरण सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । 
वडा नम्वर–२ भित्र रहेका टोल सुधार समितिका अध्यक्ष तथा पदाधीकारीको सहभागिता रहेको थियो । कार्यक्रममा घरबाट निस्कने तथा घर बाहिर हुने फोहोरलाई कसरी बर्गीकरण गर्ने र व्यवस्थापन गर्ने भन्ने विषयमा अभिमुखीकरण प्रदान गरिएको थियो । 

कार्यक्रममा नगर प्रमुख कमल प्रसाद भुसाल, प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटा, स्वास्थ्य शाखा प्रमुख पुर्ण पराजुली , हेमराज भुसाल लगायतले फोहोर वर्गीकरण र सरसफाईको बारेमा जानकारी गराउनु भएको थियो । 

कार्यक्रम वडा नम्वर–२ का अध्यक्ष मोतिजंग रायमाझिको अध्यक्षता र सचिव धर्मराज भुसालको सञ्चालनमा सम्पन्न भएको हो ।