धनगढी ः जनपत्रकार संगठन नेपालको आयोजनामा कैलालीको धनगढीमा जिल्ला भेला सम्पन्न भएको छ । भेलाले लोकेन्द्र थापाको संयोजकत्वमा ९ सदस्यीय जिल्ला आयोजक समिति गठन गरेको छ ।
कार्यक्रममा सम्बोधन गर्दै नेकपा कैलाली जिल्ला इन्चार्ज दिपेन्द्र चलाउनेले पत्रकार भनेको समाजको सचेत वर्ग भएकोले समाजका हरेक विकृत र विसंगतिको विरुद्धमा बोल्नु र लेख्नु पर्ने बताएका थिए ।
कार्यक्रममा जनपत्रकार संगठन नेपालका केन्द्रीय सदस्य तथा सेम ब्युरो संयोजक प्रकाश थापा र केन्द्रिय सदस्य धर्म सिंह विकको उपस्थिति रहेको कैलालीका संवाददाता गणेश सार्कीले जानकारी दिएका छन् ।
Tags :
सम्बन्धित खवर
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्