कञ्चनपुरमा शुभकामना आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रम

नव वर्ष २०७८ सालको उपलक्ष्यमा

कञ्चनपुरमा शुभकामना आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रम

गणेश एसके / कञ्चनपुर : अखिल (क्रान्तिकारी) कञ्चनपुरको आयोजनामा नव वर्ष २०७८ सालको उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रम महेन्द्रनगरमा सम्पन्न भएको छ । 

मंगलबार भएको उक्त कार्यक्रममा प्रमुख अतिथि पार्टीका जिल्ला इन्चार्ज रमेश नेपाली ‘जीवन’ रहनु भएको थियो। इन्चार्ज क. जीवनले उक्त कार्यक्रमलाई सम्बोधन गर्दै नव वर्षको अवसरमा सबैलाई शुभकामना प्रकट गर्दै अब सम्पूर्ण देशभक्ति, वामपन्थी, प्रगतिशील, सबै न्याय प्रेमी, बुद्धिजीवी, विश्लेषक, अधिकारकमीर्, विद्यार्थी लगायत सबैको अबको कार्यभार भनेको वैज्ञानिक समाजवाद रहेको बताएका थिए । उनले २०७७ सालमा विश्वव्यापी महामारी कोरोना भाइरसले सबैको जनजीवन, जनजीविका, जनतन्त्रका विषयमा धेरै नै ठूलो खाडल बनाइदिएको भन्दै अबको वर्षमा यो नभई सबै नेपाली जनताको जनस्तर सुख समृद्धि र शान्ति समुन्नतका साथै वैज्ञानिक समाजवाद स्थापनार्थका लागि उपलब्धि मुलक वर्ष रहोस् भन्ने भाव प्रकट गर्दै शुभकामना दिनुभएको थियो । 

अखिल (क्रान्तिकारी)  कञ्चनपुरका जिल्ला सचिव भरत विकको सञ्चालन र जिल्ला संयोजक ललित एसकेको अध्यक्षता सम्पन्न भएको बताइएको छ । कार्यक्रममा अतिथिमा सेती महाकाली ब्युरो इन्चार्ज वीरेन्द्र शाह, सेती महाकाली स्वास्थ्य विभाग प्रमुख राम भट्ट, अखिल (क्रान्तिकारी) का केन्द्रिय सदस्य शंकर महरा, अखिल शिक्षक संगठनका अध्यक्ष ओम प्रकाश जोशी , बिसु जनसांस्कृतिक परिवार लगायत अन्य विद्यार्थीहरुको सहभागिता रहेको थियो ।