लगातारको वर्षासँगै रुरु क्षेत्रमा पानीको उच्च बहाव : सतर्क रहन आग्रह

लगातारको वर्षासँगै रुरु क्षेत्रमा पानीको उच्च बहाव : सतर्क रहन आग्रह

रिडी । दुइदिनदेखि लगातार परिरहेको पानीका कारण गुल्मीको रुरु क्षेत्र धाम रिडीमा पानीको सतह बढीरहेको छ । कालीगण्डकी नदी र रिडी खोला बढेपछी आफूहरुलाई समस्या भएको स्थानिय खिमप्रसाद गौतमले बताए ।

उनले रातभरिको पानी अझै अर्घाखाँचीबाट आउन बाँकी हुँदा अहिलै नै यो अवस्था छ, त्यो पानी यहाँ आइपुग्दा यहाँको बगर सम्पूर्ण जलमय हुने बताए । यता निरन्तर रुपमा तीब्र गतिमा काम भैइरहेको तिन मुखे पुलको काम समेत सम्पूर्ण रुपमा प्रभावित भएको निर्माण व्यवसायी करण बर्माले बताए ।

यस बगरमा गौतम मात्र हैन टेक बहादुर थापा, बसन्त खाम्चाको पनि पानीले गर्दा घर जोखिम हुनुका साथै सामान सार्ने बाध्यता भएको बताए । यस्तै केही घन्टा अझै कालीगण्डकी नदीमा पानीको बहाव बढ्ने हो भने लामो चौपारी आसपासमा पनि क्षति हुने रुरु क्षेत्र गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष रामलाल विकले जानकारी दिए ।

उनले पानी अझै बढ्न सक्ने भएकाले होटल व्यवसायी गर्नेहरुलाई बगरबाट टाढै रहन र जाल हानेर माछा मार्न समेत नजान आग्रह गर्नुका साथै आफ्नो वडा भित्र कुनै पनि सडक घर बस्ती तथा सामाजिक सम्पदामा क्षति भएमा आफूलाई तत्काल खबर गर्न आग्रह गरे । पानीको बहाव बढ्ने भन्दै स्थानीयलाई सजग रहन वडा अध्यक्ष विकले आग्रह गरे ।