कालिकोटमा नेकपाकाे भव्य जनसभा

एमाओवादी केन्द्र परित्याग गरि २४ जना नेकपामा प्रवेश

कालिकोटमा नेकपाकाे भव्य जनसभा

कालिकोट । नेपाल कम्युनिस्ट पार्टी कालिकोटले एरिया नं. २ को मेहेलमुडी गाउँपालिकामा भव्य जनसभा सम्पन्न गरेको छ । 

एरिया नं. २ का सेक्रेटरी दान बहादुर बोहोराको अध्यक्षता र भेक ब्युरो सदस्य  विराटको प्रमुख आतिथ्य, अनेमसंघ क्रान्तिकारी केन्द्रीय उपाध्यक्ष धिरिन्दा उपाध्याय, भेक ब्युरो सदस्य एवं जिल्ला इन्चार्ज रणदीप, जिल्ला सेक्रेटरी साहसी, किरण, शान्ति लगायतका नेताहरुको आतिथ्यमा सम्पन्न जनसभामा भेक ब्युरो जनकलाकारले बेजोड प्रस्तुती समेत गरेको थियो ।

कार्यक्रममा विराटले सरकार वार्ताप्रति इमान्दार बन्नुपर्ने बताउँदै जनताले अस्वीकार गरेको एमसिसि सम्झौता खारेज गर्नुपर्ने धारणा राख्दै जबरजस्त लाड्न खोजे देशमा ठूलो विद्रोह हुने बताउनु बताए । 

धिरिन्दा उपाध्याले उत्पीडित जाती, जनजाती, महिला, दलितहरुको पूर्ण मुक्तीका लागी वैज्ञानिक समाजवाद जरुरी भएकाले वैज्ञानिक समाजवाद स्थापनार्थको लागि सहयोग गर्न अपिल गरे ।

इन्चार्ज रणदिपले प्रतिबन्ध फुकुवा भएपछि जिल्लामा राजनीतिक गतिविधि तिब्र रुपमा अघि बढाइएको बताए । उक्त कार्यक्रममा एमाओवादी केन्द्र परित्याग गरि २४ जनाले नेकपामा प्रवेश गरेका छन्, भने स्थानियहरुले विभिन्न सांस्कृतीक कार्यक्रम संचालन गरेका थिए ।