युवा संगठन नेपाल जनकपुर ब्युरोद्धारा भित्तेलेखन 

सार्वजनिक स्थानका भित्ताहरूमा विभिन्न नाराहरू लेखिएको

युवा संगठन नेपाल जनकपुर ब्युरोद्धारा भित्तेलेखन 

जनकपुर । नेपाल कम्युनिस्ट पार्टीको अग्रभागिय संगठन युवा संगठन नेपाल जनकपुर ब्युरोले व्यापक रुपमा संगठनको प्रचार–प्रसारका कामलाई अघि बढाएको छ । पुर्व पश्चिम राजमार्गलाई केन्द्रित पार्दै शनिबार सार्वजनिक स्थानका भित्ताहरूमा विभिन्न नाराहरू लेखिएको बताइएको छ । 

युवा संगठन नेपाल चौथो राष्ट्रिय सम्मेलन आयोजक कमिटी सदस्य दिनेशले सिरहा–सप्तरीमा भित्ते लेखनको उद्घाटन गरेका थिए ।  भित्ते लेखन उद्घाटनमा जिल्ला इन्चार्ज विशाल, युवा संगठन नेपालका जनकपुर व्युरो इन्चार्ज विचारमान थिङ, सेक्रेटरी गणेश, अखिल नेपाल क्रान्तिकारीका केन्द्रिय सदस्य विकाश, युवा संगठन नेपाल सिरहा–सप्तरीका संयोजक कार्तिक, अखिल क्रान्तिकारीकै पूर्व सर्लाही जिल्ला उपाध्यक्ष बद्री बट्टराई, अखिल (क्रान्तिकारी)संयोजक बिरेन्द्र कुमार मण्डल, जिल्ला सदस्य उदय मण्डल लगायत नेता तथा लार्यकर्ताको उपस्थिती रहेको बताइएको छ । 

केन्द्रिय कार्यक्रम अनुसार राष्ट्रिय सम्मेलनको तयारी अनुरुप संगठनले सिराहा–सप्तरी लगायतका तराईका जिल्लाहरुलाई प्रचार÷प्रसारमा केन्द्रित गरिएको युवा संगठनका जनकपुर ब्युरो इन्चार्ज विचारमानले बताए । उनले भने, ‘कोरोना महामारी व्यापक रुप लिने देखेपछी ठुला भेला सम्मेलनमा केही समस्या आएका कारण प्रचार/प्रसारलाई ध्यान दिइएको  र सवै जिल्लाका कमिटीहरुलाई यहिँ निर्देशन दिइएको छ । अहिले सिरहा–सप्तरी मा युवाको प्रचार/प्रसारलाई व्यापक बनाइएको छ । केही दिनमै अरु जिल्लाहरु धनुषा, सर्लाही – महोत्तरी र सिन्धुलीमा पनि प्रचारका काम अघि बढाउनेछौं ।’

दलाल संसदिय व्यवस्था खारेज गरौं !, वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गरौ !!, बेरोजगार युवाहरूलाई रोजगारको  ग्यारेन्टी गर !, युवा संगठन नेपाल जिन्दावाद !, एकीकृत जनक्रान्ति जिन्दवाद !, नेपाल कम्युनिस्ट पार्टी जिन्दावाद !, ०७८ जेठ १४ गते दाङ जाऔं !, चौथो राष्ट्रिय सम्मेलन उदघाटन सभामा सहभागी बनौं !, राष्ट्रिय स्वाधीनताको रक्षा गरौ !, वीर सहिद–अमर रहुन ! लगायतका नाराहरु सडकको पेटिहरुमा लेखिएको  जनाइएको छ ।