‘मजदुरले संगठन छोडे’ भनी फैलाएको हल्ला सत्य होइन : महासंघ

भ्रामक समाचारप्रति विश्वास नगर्न महासंघको अपिल

‘मजदुरले संगठन छोडे’ भनी फैलाएको हल्ला सत्य होइन : महासंघ

बुटवल । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघले प्रेस वक्तव्य मार्फत् केही सञ्चार माध्यममा आफ्नो संगठनमा आबद्ध केही मजदुरले संगठन छोडेको भनी फैलाएको हल्ला सत्य नभएको बताएको छ । 

महासंघका संयोजक विनोद थापाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पार्टी संगठनबाट अलग रहेको घोषणा गर्ने व्यक्तिहरू लामो समयदेखि निष्क्रिय रहेको, संगठनको पद्धतिमा नरहेको, अराजक गतिविधिमा संलग्न रहेको हुँदा उनीहरूले संगठनको लेटरहेड दुरुपयोग गरी अवैध कार्य गरेकाले त्यसलाई आधार मानी आएका यस्ता खबरप्रति कुनै सम्बन्ध नरहेको र क्रान्तिकारी मजदुर आन्दोलनप्रति समर्पित रहने जोकोहीले पनि सिंगो पार्टी संगठनप्रति आँच पुर्याउने कामको कल्पनासम् म गर्न सकिँदैन । संघर्षको भीषण आँधीहुरीको सामना गर्दै आधारभूत वर्गप्रति सदैव निष्ठापूर्वक काम गर्दै नयाँ विकल्पसहित मजदुरको क्षेत्रमा क्रियाशिल हाम्रो संगठनको बदनाम गराउने उदेश्यबाट प्रेरित केही सञ्चारमाध्यममा मिति २०७८/०१/११ गते मजदुरले छोडे विप्लवको साथ भन्ने शीर्षक राखी आएको खबरप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।