रूपन्देहीमा १६ गतेदेखि निषेधाज्ञा लगाउन सिफारिस

१६ गते बिहान १ बजेदेखि वैशाख २९ गतेसम्म निषेधाज्ञा लगाउने सिफारिश गर्ने निर्णय

रूपन्देहीमा १६ गतेदेखि निषेधाज्ञा लगाउन सिफारिस

बुटवल । रूपन्देहीमा वैशाख १६ गते बिहिबारदेखि निषेधाज्ञा लगाउन जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले सिफारिश गरेको छ ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा बसेको बैठकले यही वैशाख १६ गतेदेखि २९ गतेसम्म निषेधाज्ञा लगाउने गरी सिफारिश गरेको हो ।

बैठकले १६ गते बिहान १ बजेदेखि वैशाख २९ गतेसम्म निषेधाज्ञा लगाउने सिफारिश गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सूचना अधिकारी जनक थापाले बताए । उद्योगी व्यवसायी, स्थानीय तह, राजनीतिक दलहरुसँग चरणबद्ध रुपमा छलफल गरेर निष्कर्ष निकालेको उनको भनाई छ ।

निषेधाज्ञा अति आवश्यक सवारी साधनलाई मात्र सञ्चालन गर्न दिइने छ।