अखिल (क्रान्तिकारी) पर्वतको अध्यक्षमा मास्के 

अमृत मास्केको अध्यक्षतामा १९ सदस्यीय जिलला कार्य समिति निर्वाचित

अखिल (क्रान्तिकारी) पर्वतको अध्यक्षमा मास्के 

कुस्मा । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) पर्वतको प्रथम जिल्ला सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले अमृत मास्केको अध्यक्षतामा १९ सदस्यीय जिलला कार्य समिति निर्वाचित गरेको छ । 

अखिल (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष चिरञ्जीवी ढकालको प्रमुख  आतिथ्यमा सम्पन्न कार्यक्रमको विशेष अतिथि  नेकपा पर्वत जिल्ला इन्चार्ज अनन्त रहेका थिए ।
कार्यक्रममा अखिल नेपाल महिला संघ  क्रान्तिकारीकी केन्द्रीय सचिव उषा, अखिल (क्रान्तिकारी) केन्द्रीय सदस्य  धौलागिरि ब्यूरो संयोजक सुरेन्द्र बस्नेत लगायतको उपस्थिती रहेको बताइएको छ । 

कार्यक्रम मदन चापागाईको अध्यक्षतामा सम्पन्न भएको थियो ।