युवा संगठन नेपाल तनहुँको प्रथम सम्मेलन

दृष्टिको नेतृत्वमा २५ सदस्यीय जिल्ला समिति निर्माण

युवा संगठन नेपाल तनहुँको प्रथम सम्मेलन

तनहुँ । नेपाल कम्युनिस्ट पार्टीको अग्रभागीय संगठन युवा संगठन नेपाल तनहुँको प्रथम जिल्ला सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले दृष्टिको नेतृत्वमा २५ सदस्यीय जिल्ला समिति निर्माण गरेको छ । 

कार्यक्रममा नेकपा गण्डक ब्युरो इन्चार्ज रुपेशले वर्तमान राष्ट्रिय, अन्तर्राष्ट्रिय परिस्थिति र दलाल पुंजीवादी संसदीय व्यवस्थाले युवा जनशक्तिको जिवनमा निम्त्याएको संकट र यसको समग्र समाधान वैज्ञानिक समाजवादले मात्र दिन्छ भन्ने विषयमा प्रशिक्षित पारेका थिए ।

कार्यक्रममा गण्डक ब्युरो सदस्य निरु, नेकपा तनहुँ जिल्ला इन्चार्ज निशान, युवा संगठन नेपाल गण्डकी र धौलागिरी ब्युरो इन्चार्ज विजयकुमार, नेकपा ब्युरो सदस्य राकेश, युवा संगठन नेपाल केन्द्रीय सदस्य नेत्र, स्याङ्जा जिल्ला सेक्रेटरी दुर्गा, मगर मुक्ति मोर्चाका केन्द्रीय सदस्य मोहन लगायतको उपस्थित रहेको थियो ।

कार्यक्रमको संचालन मौसम सुनारले गरेका थिए भने अध्यक्षता दृष्टिले गरेका थिए ।