बुटवल । जनवादी गीतकार तथा संगीतकार माइला लामाको ‘मेरी आमा’ बोलको गीत सार्वजनिक भएको छ । माता तिर्थ औँशीको सन्दर्भ पारेर उक्त गीत सोमबार साँझपख सार्वजनिक गरिएको हो ।
लामो समयदेखि राजनीतिक बन्दीको रुपमा कारागारमा रहेका लामा गत बैशाख १६ गते रिहा भएका थिए । लामाले सम्पूर्ण नेपाली आमा र छोरीहरूबीचको माया, स्नेह र प्रेमलाई गीतमा समावेश गरेका छन् । उक्त गीतले थोरै समयमा धेरै श्रोताहरूको माया पाएको छ ।
उक्त गीतमा गायिका निर्मला घिसिङले स्वर दिएका छन् भने शब्द, संगीत माइला लामाको रहेको छ । चन्द सिङले एरेन्ज गरेका छन् भने गोविन्द डिजीले मिक्सिङ गरेका छन् । उक्त गीत निर्मला घिसिङको अफिसियल युट्युब च्यानल मार्फत् सार्वजनिक गरिएकोे छ ।
Tags :
सम्बन्धित खवर
आजबाट ‘द भ्वाइस अफ नेपाल’ प्रशारण हुने
५ वर्ष अगाडि
राजु लामा : मंगोलियन हर्टका स्पन्दन
५ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्